शुक्रबार , भाद्र १२, २०८३

काठमाडौँ — नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाएर अघि बढ्ने अवस्था नरहेको भन्दै चुनावी तयारीमा लाग्न सबैलाई कांग्रेस सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन् ।

नेपाल निजामति कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै सभापति देउवाले संरकार गठनमा कांग्रेसले नेतृत्व नलिएको भनेर विरोध वा टिप्पणी गर्नुपूर्व संसद्‌मा कांग्रेसको उपस्थितिलाई बुझ्न आग्रह गरे । उनले संसद्‌मा आफूहरुको संख्या कम भएको र सरकार गठनका लागि अरुलाई आग्रह गर्दा पनि कसैको सहयोग नपाएको दुखेसो पोखे ।

उनले भने, ‘प्रधानमन्त्री बनाउन सक्ने संख्या हाम्रो पुगेन । पार्लियामेन्टमा हाम्रो संख्या नपुगेर हामीले बोलाउन सकेनौं । यो वास्तविकतालाई बुझ्नु पर्‍यो सबैले ।’ विभिन्न किसिमका टीकाटिप्पणी भन्दा पनि वास्तविकताको धरातलमा बसेर काम गर्नुपर्नेमा उनले सबैलाई आश्वस्त तुल्याए । संसद्‍मा भएको कांग्रेसको उपस्थिति न्यून भएकाले सरकार गठनको पहल गर्न नसकेको भन्दै यथार्थ बुझ्न पनि उनले आग्रह गरे ।

तर कांग्रेसले पहल नै गरेन भन्ने गरेकाले शुक्रबार तीन दलको बैठक बोलाएको उल्लेख गर्दै उनले सरकार गठनको निकास ननिस्किए चुनावमा जानुपर्ने भएकाले त्यसको तयारी गर्न पनि आग्रह गरे । उनले भने,’कांग्रेसले वास्तै गरेन भन्या भएर आज बैठक बोलाएको छु । कुनै पनि किसिमको राष्ट्रिय एकता, अखण्डतामा आँच पुग्न नदिने गरी भयो भने त भयो, भएन भने पनि हामी त चुनावमा जानै पर्छ भोलि । चुनावमा जनताको मन जितेर हामीले सरकार बनाउनुपर्छ । जनताले बिर्सिसके ।’

प्रधानमन्त्री केपी ओलीले राज्यसत्तालाई भातृ संगठन जस्तो कब्जा गर्न खोजेको र बुख्याँचा बनाउन खोजेको भन्दै त्यसविरुद्ध एकजुट हुन सभापति देउवाले आह्वान गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP