गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले सिड्नीमा कार्यालय सञ्चालन गर्ने भएको छ । पाँच लाख ८८ हजार डलरमा खरिद गरिएको प्रोपर्टीमा अबदेखि एनआरएन अष्ट्रेलियाले आफ्नो प्रशासनिक र अन्य कार्यहरु सञ्चालन गर्न लागेको हो । बिहीबार न्यूसाउथवेल्सका प्रिमियर क्रिस मिन्सले एक समारोहकाबीच वैदिक मन्त्रोच्चारणका साथ कार्यालयको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यूसाउथवेल्सका प्रिमियर मिन्सले नेपाली समूदायको खुलेर प्रशंसा गरे । नेपालीको बाक्लो बसोबास गरेको रकडेल, कोग्राका सांसद समेत रहेका उनले अष्ट्रेलियालाई आफ्नो घर बनाउन सफल सबै नेपालीहरुलाई बधाई दिएका छन् । कार्यालय भवन खरिदका लागि २ लाख १० हजार डलर सरकारी अनुदान समेत प्राप्त भएको छ ।

कार्यक्रममा बोल्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले सबै नेपालीका लागि यो गर्वको विषय भएको र एनआरएन अष्ट्रेलियासँग विगतमा झै हातेमालो गर्दै काम गर्न नेपाल सरकार, नेपाली दूतावास तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

उक्त अवसरमा बोल्दै एनआरएनका अध्यक्ष अनिल पोखरेलले एनआरएन अभियानमा साथ दिने सबैलाई धन्यवाद दिए । समूदायको एकता र साथले नै यो कार्य सफल गर्न सकिएको धारणा उनको थियो । एनआरएनको कुनैपनि कार्यक्रममा न्यूसाउथवेल्सको प्रिमियर आफैं उपस्थित हुन यतिधेरै समय लागेको भन्दै प्रमुख अतिथि क्रिस मिन्सलाई सरकारको तर्फबाट गरिएको सहयोगका लागि आभार व्यक्त गरे । आगामी दिनमा नेपाली समूदायमा आइपरेका विभिन्न समस्याहरुको समाधानका लागि हातेमालो गर्न एनआरएन तयार रहेको उनले बताए । अष्ट्रेलियामा उज्वल भविष्यको सपना देखेर आउने विद्यार्थीहरु मानसिक लगायत विभिन्न समस्यामा परेका बेला उनीहरुलाई गरिने सहयोगलाई अझ प्रभावकारी बनाउन लाग्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा न्यूसाउथवेल्सको संसदमा गठन गरिएको पार्लियामेन्ट्री फ्रेन्डस अफ नेपालकी कोचेयरद्वय जुलिया फिन, जाक्वी मुनरो, परामाटाको प्रतिनिधित्व गर्दै सांसद डोना डेविसले पनि शुभकामना दिएका थिए । जुलिया हाल एनआरएनको कार्यालय रहेको ईलेक्ट्रेटबाट चुनिएकी सांसद हुन् । उनले नेपाली समूदायको प्रतिनिधित्व गर्ने एनआरएनको कार्यालय आफ्नो क्षेत्रमा बनेकोमा खुशी व्यक्त मात्र गरिनन् । आगामी दिनमा मिलेर काम गर्ने प्रतिबद्धता पनि जनाएकी थिइन् ।

उद्घाटन कार्यक्रममा अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटाले सन् २००५ देखिको एनआरएन अभियानले एउटा नयाँ कोशेढुंगा थपेको बताए । उनले यसका लागि वर्तमान एनआरएन अष्ट्रेलियाको नेतृत्वसहित सबै बधाईको पात्र भएको धारणा राखेका थिए । उक्त अवसरमा एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्षहरु मन केसी, गोवा कटवाल, ध्रुव सुवेदी, गणेश केसी, महेन्द्र ओली, सुरेन्द्र सिग्देल, टोनु घोताने, केशव कँडेलले पनि शुभकामना मन्तव्य दिँदै आफ्नै कार्यालय खरिद गरी सञ्चालन गर्ने सफलता साँच्चै उपलब्धीमूलक हुने विश्वास व्यक्त गरे । सबैको अपनत्व महसूस हुनेगरी अघि बढ्न उनीहरुले सुझाव दिएका थिए ।

कार्यक्रममा न्यूसाउथवेल्समा रहेको नेपाली समूदायका अग्रजहरु, व्यवसायिक नेतृत्वका साथै ब्रिसबेन, भिक्टोरिया लगायतका राज्यबाट पनि सहभागी हुन एनआरएनका प्रतिनिधि आएका थिए ।

Source@KBCKHABAR

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ, विश्वकप खेल्ने ढोका खुल्यो

निशुल्क कानुनी सल्लाह दिन अष्ट्रेलियाको ग्रामिण क्षेत्रमा निस्किए नेपाली वकिलहरु

वाङ्गी फल्सको झरनामा रमाउँदा

एमाले, माओवादी र रास्वपाबाहेकको गठबन्धन बनाउने देउवाको चाहना, माधव नेपाल प्रधानमन्त्री !


TOP