शुक्रबार , भाद्र १२, २०८३

डार्विन । अष्ट्रेलियाका कानुन व्यवसायी टोनु घोतानेको जीवन संघर्ष र व्यवसायिक सफलता समेटिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष समेत रहनुभएका घोताने लयर्सका सञ्चालक, नेपाली समाजका विभिन्न तह र तप्कामा योगदान दिनुभएका घोतानेको व्यवसायिक संघर्ष र सफलताको कथा म्युजिक भिडियोमा देखाउन र बुझाउन खोजिएको छ । युवा अवस्थामा राम्रोसँग प्रष्ट बोल्न समेत नसक्ने घोताने सफल कानुन व्यवसायी बन्न भोगेका भोगाई र संघर्ष चित्रण गर्न खोजिएको छ ।

गायक प्रमोद निर्वाणको स्वर रहेको गीत ‘अष्ट्रेलियाको टोनु दाई’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमकाबीच यसलाई अष्ट्रेलिया र नेपालमा एकसाथ रिलिज गरिएको हो । गायक प्रमोद निर्वाणकै शब्द तथा संगीत रहेको गीत ‘अष्ट्रेलियाको टोनु दाई’ सोमबार हाईलाईट नेपालको अफिसियल युट्युब च्यानल सार्वजनिक गरिएको छ भने सोमबार साँझ म्युजिक भिडियो सार्वजनिक गर्न एक विशेष जमघट आयोजना गरिएको थियो । स्थानीय कोबर्गमा आयोजित कार्यक्रममा भिक्टोरियाको नेपाली समूदायका अगुवाहरु, युवा जमात उपस्थित थियो ।

पेशाले वकिल, सामाजिक सेवामा अग्रसर, एनआरएनको अभियन्ता टोनु घोतानेको जीवनीमा आधारित म्युजिक भिडियोको प्रस्तुतिपछि उपस्थित धेरैले एउटा नयाँ प्रयोग भएको प्रतिक्रिया दिए ।

कसरी बन्यो त म्युजिक भिडियो ?

घोताने भन्छन् “प्रमोद भाईलाई मैले वाङगराटा गएको बेलामा भेटेको थिएँ । त्यहाँ हामीले नेपाली समूदायको लागि कानूनी परामर्श निशुल्क दिने शिविर चलाएका थियौं । यसरी आवश्यक परेका नेपालीलाई गरेको सहयोगको बारेमा म केही लेख्छु भन्दै भाई पछि मलाई भेट्न आउनुभयो । त्यहीँबाट गीत बनाउने योजना बनेको थियो ।” म्युजिक भिडियोमा बाल्यकालमा भकभकाउने समस्या हुँदाहुँदै पनि वकिल बन्ने लक्ष्य राखेर अघि बढेको किशोरले प्राप्त गरेको सफलता चित्रित छ ।

गीत रक जनरामा गाइएको छ । युवराज वाईबाले निर्देशन गरेको भिडियोमा टोनु घोताने र इशान गुरुङको अभिनय देख्न सकिन्छ । भिडियोमा टनु घोतानेको जीवनका उतारचढाव र कर्मप्रतिको निरन्तरता देखाउन खोजिएको छ । निशान पौडेल (नेपाल) र जीवन रसाइली (अष्ट्रेलिया)ले छायांकन गरेको भिडियो विकास दाहालले सम्पादन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP