मंगलबार , बैसाख २९, २०८३

यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी समस्या लिएर अस्पताल आउनेमा महिलाको संख्या अधिक हुन्छ । महिलाहरुमा यौनाङ्ग चिलाउने, संक्रमण हुने, सुन्निनेदेखि प्रजननका अरु समस्या देखिन्छन् । महिलाले झेल्ने यस्ता समस्याहरुमा स्वयं उनीहरुको मात्र त्रुटि हुँदैन । पुरुषको कारण पनि उनीहरु विभिन्न समस्या झेल्न बाध्य हुन्छन् ।

खासगरी पुरुषसँग हुने असुरक्षित यौन सम्बन्धले कतिपय संक्रमण हुनसक्छ । यौन सम्बन्धपछि कतिपयको अनिच्छित गर्भ रहन पुग्छ । गर्भ हुर्काउन परेमा वा गर्भपतन गर्न परेमा पनि महिलालाई सहज हुँदैन । गर्भपतनपछि कतिपय अवस्थामा उनीहरुको पाठेघरमा समस्या हुने जोखिम पनि हुन्छ ।

त्यसबाहेक पुरुषकै कारण महिलामा एचआईभी सर्ने गरेको पाइन्छ । खाँदै नखाएको विष पनि लाग्छ भने झैं आफूले गल्ती नगरी पनि कति महिला यसको भागीदार हुन बाध्य छन् ।

त्यसो त यौन सम्बन्धपछि यौनाङ्गको राम्ररी सरसफाइ नगर्ने जस्ता कारणले पनि समस्या निम्त्याउने गर्छ । हामीकहाँ महिलाहरु गोनोरिया, सिफिलिस्, फंगल संक्रमणले सताएपछि अस्पताल आउने गर्छन् ।

स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. बालकृष्ण शाह
महिलाहरुलाई बढी सताउने यौन तथा प्रजनन् समस्या विभिन्न संक्रमणले गर्दा हुने हो । यस्तो संक्रमण धेरै किसिमको छ । पुरुषको तुलनामा महिलालाई यौनजन्य संक्रमणले बढी नै सताइरहेको हुन्छ ।

मारमा महिला

प्रजनन् एउटा जटिल प्रक्रिया हो । यसमा महिला र पुरुष दुवैको आवश्यकता हुन्छ । तर भूमिका महिलाको बढी रहन्छ । बच्चा उत्पादनमा पुरुषले शुक्रकीट उत्पादन गर्ने र महिलाको यौनाङ्ग (योनी)मा पुर्‍याउने मात्रै हो ।

तर महिलाले अण्डा उत्पादन मात्रै गर्दैनन्, पुरुषको शुक्रकीट लिएर पूरै भ्रुणको विकास गर्ने, बच्चालाई जन्म दिने र स्तनपान समेत गराउने हुन्छ । महिलाको भूमिका धेरै भएकाले प्रजनन अंगको संख्या र सक्रियता दुवै बढी भएकाले जोखिम पनि बढी छ ।

सुरक्षित सम्बन्ध

यौन सम्पर्कको बेला सम्भावित त्रुटिबारे छलफल गर्नुपर्छ । गर्भको योजना छैन भने यौन सम्पर्क राख्दा सजगता अपनाउनुपर्छ । विना साधन ‘ओभर कन्फिडेन्स’ हुनुहुँदैन । त्यस्तै यौनरोगबाट बच्न कण्डमको प्रयोग गर्नुपर्छ ।

जरुरी छ सजगता

नेपालमा दुवैथरीका महिला छन् । पहिलो यौन समस्याबारे अज्ञानता नभएकाले सजग नभएका र अर्को सबै जानेको र बुझेर पनि सजग नभएको । तर सजग नभए पनि यौन समस्या देखा परेपछि चिकित्सककहाँ परीक्षणका लागि आउने क्रम चाहिं बढेको छ । अहिले यौन समस्या देखापरे स्वास्थ्य उपचार खोजी गर्ने भएका छन् ।

सुरक्षित सहवास

पहिले गाँस, बास र कपास मात्रैलाई आवश्यकता ठानिन्थ्यो । अहिले गाँस, बास र कपाससँगै सहवासलाई पनि मानवीय आवश्यकताका रुपमा समाजले लिएको छ । तर सहवास सुरक्षित हुनुपर्छ, नत्र यसैको कारण स्वास्थ्य समस्या निम्त्याउने हुन्छ भन्ने सबैले बुझ्नुपर्छ ।

 

@source:स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. बालकृष्ण शाह

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP