शुक्रबार , जेठ १०, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’ ले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको छ ।

शुक्रबार राष्ट्रियसभा माओवादी दलका नेता दिनानाथ शर्माले पार्टी छाडेर एमालेमा गएका ‘बादल’ को कारवाहीबारे संसद सचिवालयमा जानकारी गराएका हुन् ।

‘केही दिनअघि प्रतिनिधि सभाका चार सांसदले दलत्याग गरेको सूचना दिएका थियौं, आज ‘बादल’ को दिएका हौं । अर्को दलमा गएपछि दलत्यागसम्बन्धी व्यवस्था आकर्षित हुने भएकाले सोहीअनुसार सूचना सचिवालयलाई दिएका हौं’ शर्माले भने ।

सचिवालयलाई जानकारी गराइएको उक्त सूचनाबारे राष्ट्रियसभा अध्यक्षले सदनलाई जानकारी गराउनुपर्ने भएपनि अहिले अधिवेशन चालू नभएकाले राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम उक्त स्थान रिक्त भएकोबारे सूचना टाँस गरेर जानकारी दिन सक्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP