सोमबार , अषोज २६, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र गुट मौलाएको भन्दै सबैखाले गुटबन्दी बन्द गरिने बताएका छन् । उनले माओवादी फुटाउन केही नेताहरु लागिपरेको पनि संकेत गरे । उनले यसअघि पार्टी फुटाएका मोहन बैद्यको नाम लिएर अहिले अर्को कोही नेताले किरणको बाटोमा हिँड्न खोजे त्यो दुर्भाग्य हुने चेतावनी दिए ।

आज (बुधबार) पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘किरणजीहरु धेरै नै लिएर हिँड्नुभएको थियो, अहिले फेरि अर्को कोही त्यही बाटो हिँड्छु भन्ने हो भने त्योभन्दा बढी दुर्भाग्य केही हुँदैन, वल्तिर पल्तिर गुटबन्दीमा यसो लागेपछि पद पाइन्छ कि भन्याजस्तो गरी नलाग्नुहोला, लाग्न पनि नदिनुहोला ।’

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी प्रधानमन्त्री प्रचण्डले नै विभाजन गराएको भन्दै अब फुट्ने पालो माओवादी भएको भनेर दाबी गर्दै आएका थिए । आज प्रधानमन्त्री दाहालले आफ्नो पार्टीभित्रको गुटबन्दीबारे टिप्पणी गर्ने क्रममा कोही कसैले मोहन बैद्यको बाटो हिँड्न खोजेको संकेत गरेका हुन् । पछिल्लो समय माओवादीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष दाहालसँग गम्भीर असन्तुष्टि राखेको र छिट्टै विद्रोह गर्ने चर्चा हुने गरेको छ ।

उनले पार्टी एक ढिक्का हुने हो भने आफू नेतृत्वको वर्तमान सरकारले पाँच वर्ष निरन्तरता पाउने दबाी गरे । उनले गुटबन्दी गरेर पार्टीलाई २०८४ सम्म पहिलो नम्बरको दल बनाउनेपनि योजना सुनाए । उनले भने,‘अलिकति पार्टी एक ढिक्का भइदिने हो भने, तपाईंहरु एक भएर समाजवादको तयारीको बाटो यही हो, हाम्रो विचार राजनीतिको कार्यदिशा यही हो, नेतृत्व पनि यही हो भन्ने कुरामा तपाईंहरु दृढ भइदिनुभयो भने, गुटबन्दीको सबै सम्भावना अन्त्य हुन्छ यो पार्टीमा । जनतासँग जोडिने कुरा पनि हुन्छ यो पार्टीमा, यसो भयो भने पाँचै वर्ष यही सरकार जाने सम्भावना छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP