शुक्रबार , भाद्र १२, २०८३

नेपाली मुलका युवा खेलाडी रहेको डार्विन हार्ट्स फुटबल क्लब नर्दन टेरिटोरीमा जारी अष्ट्रेलिया कप २०२४ को राउन्ड अफ ३२ मा पुगेको छ । अष्ट्रेलियाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता अस्ट्रेलिया कप २०२४ मा नेपाली मुलको नेतृत्वसहितको डार्विन हार्ट्स फुटबल क्लब ७ सय ७५ क्लबहरुसँगको प्रतिस्पर्धाबाट अन्तिम ३२ मा सुरक्षित हुन सफल भएको हो ।

नेपाली खेलाडी र नेतृत्वमा आधारित डार्विन हार्ट्स फुटबल क्लब “डार्विन ओलम्पिक खेलकुद क्ल” लाई ३–१ ले हराएर फाइनलमा स्थान बनाउँदै उत्तरी च्याम्पियन बनेको क्लबका सदस्य धु्रब कार्कीले जानकारि दिनुभयो । अब राउन्ड अफ ३२ को लागि स्थान सुरक्षित भएको क्लबले बाँकी टिमसँग समेत उत्कृष्ठ खेल पस्किने विश्वास गरिएको छ ।

क्लब सदस्य कार्कीले अष्ट्रेलिया वा विश्वका अन्य नेपाली क्लबहरूले राष्ट्रिय लिगमा प्राप्त गरेको यो उपलब्धी सम्भवत पहिलो भएको बताउनुभएको छ । सबै खेलाडी, समर्थक र नेपाली परिवारलाई साथ सहयोगका लागि क्लबले धन्यवाद दिदै खेलाडीलाई थप उर्जासहित मैदान उत्रिन हौसला दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP