सोमबार , बैसाख ८, २०८२

नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सामू आफ्नो पार्टीको नेतत्वमा सरकार बनाउने प्रस्ताव राखेको छ । माओवादी केन्द्र त्यसमा सहमत भएपनि जसपाले यसबारे छलफल गर्न समय मागेकाले शुक्रबारको बैठकमा कुनै सहमति भएन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार तीन दलको बैठक बोलाएका थिए । बूढानीलकण्ठस्थित आफ्नै निवासमा बसेको बैठकमा देउवाले पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार माओवादी केन्द्र र जसपासँग मिलेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी बाटोमा अगाडि बढेको भन्दै उनले बैठकमा भने, ‘यस्तो सरकारको नेतृत्वमा लोकतान्त्रिक चुनाव हुन सक्दैन । त्यसेले नयाँ सरकार बनाउन चाहेका छौं । त्यसबारे तपाईंहरुको धारणा के छ ?’

बैठकमा जसपा नेताहरुले नयाँ सरकारको औपचारिक प्रस्ताव आएकाले पार्टीमा छलफल गर्ने बताएका बैठकमा सहभागी एक नेताले बताए । यसबारे छिट्टै निर्णय गर्ने उनीहरुले बताए । जसपाका नेताहरुले मुद्दा फिर्ता, बन्दीहरुको रिहाई लगायतका मुद्दा पनि रहेको बताए ।

माओवादी केन्द्रले भने वर्तमान सरकारको विकल्प खोज्ने देउवाको प्रस्तावमा सहमति जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP