सोमबार , अषोज २६, २०८३

अभिनेता पल शाहले प्रहरीसँगको मुठभेडको दुई तस्बिर सामाजिक संजालबाट शेयर गरेका छन् । मंगलवार बिहानै फेसबुकमा सार्वजनिक फोटोमा उनी वृद्ध अवस्थामा देखिएका छन् ।

तस्बिर फिल्म ‘पुजार सार्की’ अभिनय सिलसिलाको हो । फिल्मको रिलिज दुई दिन बाँकी भन्दै उनले यी तस्बिर सार्वजनिक गरेका हुन् ।

‘मेरो करियरमा महत्वपूर्ण चलचित्र ‘पुजार सार्की’ साबित हुनेमा म ढुक्क छु । मैले केही दिन अगाडी पनि भनेको थिएँ कि म अर्को चलचित्र ‘रावायण’को छायाङ्कनका कारण ‘पुजार सार्की’को प्रचारमा प्रत्यक्ष सहभागी हुन सकेको छैन’, उनले अगाडि भनेका छन् ‘मेरो भूमिका र प्रचारको सहभागिताका विषयमा मेरा शुभेच्छुकहरुले देखाउनु भएको चासो र चिन्ताप्रति नतमस्तक छु ।’ उनले फिल्मको छायांकनको कारण संचार माध्यममा प्रत्यक्ष उपस्थित भएर समाचारको बिषय बन्न नसक्नुको बाध्यता बुझिदिन समेत आनुरोध गरेका छन् ।

‘आज मैले ‘पुजार सार्की’मा मेरो अभिनयबाट यो तस्बिर सार्वजनिक गरेको छु । यो तस्बिरबाट तपाईले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउनु हुनेछ । यसअघि पनि तपाईँले मेरो चरित्र चित्रण हुने तस्बिरलाई नै लिएर देखाउनु भएको प्रेम अतुलनीय छ’ उनले थपे ।

फिल्म ‘पुजार सार्की’ यहि जेठ १० गते बिहिबारबाट सार्वजनिक प्रदर्शनमा आउदैछ । दिनेश राउत निर्देशित फिल्म सुवाष भुषालले निर्माण गरेका हुन् । फिल्ममा पलको अलवा प्रदीप खड्का र आर्यन सिग्देलको समेत अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP