
क्याथरिन बाट क़रीब २० किमि पर टिण्डल नाम हरेको ठॉउमा एरफोर्सको ब्यारेक रहेको छ,अधिकांश प्रतिस्पर्धी हरु त्यही ब्यारेकबाट आएका थिए । मुख्य आकर्षण रहेको २१ किमि तर्फको दौडमा टिण्डल ब्यारेक का पि टि आई एण्ड्रीउ हारमीटेज ले १घण्टा १७ मिनेट ४८ सेकेंड मा पुरा गरि प्रथम हुन सफल भए।
क्याथरिन शहरमा नेपाली हरुको पनि बिस्तारै बर्चस्व बढ्दै गएको छ र बिस्तरै स्थानिय कार्यक्रम हरुमा सहभागिता जनाउन लागेकोछ। यस दौडमा साना कलिला उमेरका २ जना सहित ८ जना नेपालीहरुले भाग लिएको थियो जसमा १ किमि तर्फ निरोधा न्युउपाने, अदिप गौतम, ईभान मानान्धर र दिनेश मानान्धरले दौडे। देव तिवारी र दशमी गुरुगंले ७ किमि दौडे भने चन्द्र प्रकाश गुरुगं र जागरुक पौडेल ले २१ किमि पुरा गरे।
जुन महिनाको पहिलो आईतवार डार्विनमा हुने NTCITY2SURF मा पनि क्याथरिनबाट सहभागि हुनलाई केहि नेपालीहरु तयारीमा छन। सनिवार नेपाल फेष्टिभल मा रमाईलो गर्ने र भोलिपल्ट दौडमा भागलिन पाईने हुनाले धेरैजना उत्साहित छन। क्याथरिनबाट भागलिने हरुपनि टिम नेपाल मै रजिस्टर हुनेछन।