शनिबार , भाद्र १३, २०८३

काठमाडौं । एमाले सांसद महेश बस्नेतले कांग्रेसका सांसद गगन थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएर बालहठ प्रदर्शन गरेको बताए । बिहिबार प्रतिनिधिसभाको बैठकमा गगन थापाले प्रधानमन्त्री ओलीलाई उद्घाटनको तमासा गरेको भन्दै कति विकास भयो छुट्टै बसेर बहस गर्न चुनौती दिएका थिए ।

सांसद बस्नेतले २०७४ सालको चुनावमा एमालेलाई जनताले बहुमत दिएको र कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्र जितेर समानुपातिकबाट ६३ सिट ल्याएको उल्लेख गर्दै भने– ‘प्रधानमन्त्रीलाई चुनौती दिएर बालहठ गर्ने कांग्रेसका साथीहरुलाई म के भन्न चाहन्छु भने यो बोकाको शैलीले दाई गरिँदैन दाई गर्नका लागि गोरुकै शैली चाहिन्छ । अहिले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेले प्रतिनिधित्व गर्छ । प्रधानमन्त्रीले ल्याएका योजनाहरुलाई सके सहयोग गरौँ नसके वस्तुनिष्ठ ढंगले विश्लेषण गरौँ ।’

उनले त्रेता र द्वापर युगमा समेत रावण र कंश प्रवृत्ति रहेको भन्दै अहिले प्रधानमन्त्री ओलीले त्यस्ता प्रवृत्तिलाई परास्त गर्दै राजनेताको रुपमा अघि बढेको दावी गरे । उनले रानीपोखरी बनेको कुराले भानु स्कुल बनेको कुराले एकैदिन ३ सय ९६ अस्पताल शिलान्यास भएको कुराले किन टाउको दुख्दैछ भन्दै प्रश्न गरे ।

विगतमा जाँचिएका असफल भएका नेताहरुका चेलाहरूले संसदलाई प्रभावकारी ढंगले चल्न नदिएको आरोप लगाए । उनले राजनीतिक अस्थिरता, अन्यौलता र विभाजनको स्थिति बढेको अहिलेको अवस्थामा सदन अस्वस्थ खालको बहस चलाउन थालेको दावी गर्दै प्रधानमन्त्री ओलीको जबर्जस्ती राजीनामा माग गर्दै गलहत्याउने कुरा पनि भइरहेको उल्लेख गरे ।

उनले प्रधानमन्त्री संसद बैठकमा आएका दिन बैठक बस्न आलटाल गर्ने गरेको दावी समेत गरेका छन् । १ महिनामा ६ पटक बैठक बस्दा फागुन २३ गते संसदमा प्रधानमन्त्री ओली १ घण्टा बसेर फर्किएको, दोश्रो बैठकमा ४५ मिनेट बसेर फर्किएको, तेश्रो बैठकमा ३० मिनेट बसेर फर्किएको बताउँदै जुन दिन प्रधानमन्त्री बैठकमा आए त्यो दिन सभामुख लगायत कार्यव्यवस्था परामर्श समितिको बैठकले आलटाल र ढिलासुस्ती गरेको सांसद बस्नेतको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP