बिहिबार , बैसाख १८, २०८२

सन्दीप लामिछानेको पुनरावेदन मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ । पुनरावेदनको रुपमा पाटन उच्च अदालतमा पेशी रहेको उक्त मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ भएको थियो । उक्त मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । सो मुद्दा भोलि सोही इजलासमा सुनुवाइ हुनेछ । भोलि नै फैसला आउने बताइएको छ ।

उक्त मुद्दामा सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ताहरु रामनारायण बिडारी र रमण श्रेष्ठ, शम्भु थापा, मुरारी सापकोटा र कृष्ण सापकोटालगायतले बहस गरेका थिए । उनीहरुले दोषी ठहर गर्ने काठमाडौं जिल्ला अदालतको फैसलामाथि प्रश्न उठाएका छन् । प्रमाणविना नै सन्दीपलाई दोषी ठहर गरिएको वरिष्ठ अधिवक्ताहरुको जिकिर छ । सन्दीपलाई उक्त मुद्दामा सफाइ दिनुपर्ने उनीहरुको माग छ ।

त्यस्तै, पीडित गौशाला–२६ को तर्फबाट सरकारी वकिल र निजी कानुन व्यवसायीहरुले पनि बहस गरे । फैसला आज नै आउन सक्ने अनुमानसहित अदालत परिसरमा सन्दीपका समर्थकहरुको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १८, २०८२ बिहिबार 54 Views

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु