शनिबार , भाद्र १३, २०८३

जनसंख्या बढेसंगै अष्ट्रेलियामा कानुनी झमेला भोग्ने नेपालीको संख्या पनि बढ्न थालेको छ । निजी खर्चमा कानुनी सेवा लिन खर्चिलो तथा भाषा र संस्कृति बुझेका वकिलहरुको कमी हुदा कानुनी झमेलामा परेको नेपालीले थप सास्ती भोग्ने गरेका छन् । यहि पृष्ठभूमिमा नेपालीमूलका कानुन व्यवसायीहरु निशुल्क कानुनी सल्लाह दिन अष्ट्रेलियाका ग्रामिण इलाकाको भ्रमणमा निस्केका छन् ।

मे ५ तारिखमा भिक्टोरिया राज्यको बालाराट भन्ने स्थानबाट घोताने लयर्सका वकिलहरुले आफ्नो यात्रा सुरु गरेका हुन।कम्युनिटी डिस्कभरी टुर २०२४ नाम दिइएको सो यात्राको पहिलो कार्यक्रममा २ दजर्न बढी नेपाली सहभागी भएका थिए । मेलवर्नस्थित घोताने लर्यस्का प्रमुख टोनु घोतानेले सहभागीहरुले भिषा, घरेलुहिंसा, स्थाई बसोबास र जागिर बारेको कानुनीपाटो बारे जानकारी लिएको बताउनुभयो ।ग्रामिण इलाकामा बस्ने नेपालीहरुले सामान्य भन्दा सामान्य कानुनी सेवा लिन पनि शहर आउनुपर्ने तथा स्थानिय क्षेत्रमा भएको ल फर्महरुमा नेपाली भाषा बुझ्ने वकिलहरु नभएकाले ग्रामिण भेगको भ्रमणमा निस्किएको प्रमुख घोतानेले बताउनुभयो ।

भ्रमण टोलीमा घोतानेसहित वकिलहरु अजय शर्मा र माधव खरेल सहभागी हुनुहुन्छ । बालाराट पछि यो टोली छिट्टै भिक्टोरिया राज्यको गामिण इलाकाहरु सेपाटर्न, अबलरी, उडुङ्गा र जिलोङ्ग समेत पुग्ने तयारीमा छ । यी स्थानहरुमा आगामी जुन र जुलाई महिनाभित्र निशुल्क कानुनी सल्लाह दिने कार्यक्रम तय भएपनि समय र मिति भने एकिन गर्न बाँकि रहेको घोताने लयर्सले जनाएको छ ।

Source:NepalTUbe

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP