मंगलबार , बैसाख २९, २०८३

रोशनी ज्ञवाली-डार्वीन
अष्ट्रेलियाको सिड्नीमा २ वर्षको बसाइपछि २ महिना अघि मात्र हामी अर्को शहर डार्वीन आएका हौं। यो ठाउँ अष्ट्रेलियाकै नर्थदेन टेरिटोेरी राज्यमा पर्दछ। सिड्नीमा हुँदा विदा मनाउन हामी विभिन्न ठाउँमा घुम्न जान्थ्यौं। डार्विन आएपछि पनि यताका केही ठाउँ घुम्न मन लाग्यो। म, मेरो श्रीमान र अरु नेपाली साथीहरुसहित ९ जना लिचफिल्ड राष्ट्रिय निकुन्ज तर्फ लाग्यौं।

शान्त सडकमा यात्राका क्रममा धेरै जसो हरियाली दृष्य देखिन्थ्यो। कतै कतै भने उजाड ठाउँ थिए। डार्विनबाट गाडीमा १ घण्टा ३५ मिनेटको यात्रापछि हामी वाङ्गी फल्स पुग्यौं। एउटा अत्यन्तै रमाइलो झरना रहेछ। वरपर हरियाली पहाड, माथीबाट निकै फोर्सले खसेको ठूलो झरना थियो। झरनाको नजिकसम्म पुग्न जमिन माथि फलामको रेलिङ सहितको काठे पुल बनाइएको रहेछ। झरनादेखी काठेपुल मुनिसम्म पानीको ताल देखिन्थ्यो।

लिट्चफिल्ड राष्ट्रिय निकुन्जमा रहेको यो झरना पर्यटकहरुको मुख्य आकर्षण रहेछ। प्रकृतिसँग रमाउन मन पर्ने भएकाले मलाई हरियाली पहाड अनि झरना देख्दा साहै रमाइलो लाग्यो। त्यहाँ झरना झरेको आवाज सुन्दा फरक खालको आनन्द महसुस भयो। झरना हेर्दै रमाइलो मानेर म एकैछिन नाँचे। नर्थदेन टेरिटोरी राज्यको मुख्य शहर डार्वीन र अर्को शहर क्याथरिन विच भागमा यो झरना पर्दछ। यी दुई शहरको लागि वाङगी फल्स छुट्टी मनाउने रमणिय स्थल बनेको छ। गर्मी ठाउँ भएकाले पर्यटकहरु झरनामा रमाउन र पौडी खेल्न यहाँ आउने गर्दछन्।

डार्विन बाह्रै महिना गर्मी ठाउँ हो। तर ड्राइ सिजन र वेट सिजन गरि दुई वटा याम हुन्छ। वेट सिजनमा धेरै हावाहुरी चल्ने र पानी पर्ने हुँदा स्विमिङको लागि यहाँ खुल्ला हुँदैन। तर खुलेको बेलामा भने यहाँ रमाउन आउनेहरुको निकै चहलपहल हुन्छ।
वाङ्गी फल्स आएपछि पर्यटकहरु पहाड चढ्न अर्थात हाइकिङ गर्न पनि जान्छन्। हाइकिङ गएर माथिबाट पनि झरना हेर्न मिल्ने ठाउँ रहेछ। समय कम भएकाले हामीहरु हाइकिङ भने गएनौं। तर वरपरको दृष्यहरु अवलोकन गरेर रमाइलो गर्यौ। विशेष गरि यहाँ पिक्नीकको लागि पनि मानिसहरु आउने ठाउँ होे। हामी भने घरबाट ल्याएको चटपटे खायौंँ। अनि क्याथरिन तर्फ लाग्यौं।

वाङ्गी फल्सबाट डेढ घण्टाको यात्रा पछि हामी क्याथरिन पुग्यौं। अनलाइन मार्फत हामीले रिसोर्ट बुकिङ गरेका थियौं। रिसोर्टको भिल्लामा पुगेर केही बेर आराम गयौं। त्यसपछि वरपरका दृष्यहरु अवलोकन गर्यौं। रातीसम्म बार्वीक्यु, स्वीमिङ र नाचगान गरि रमाइलो गर्यौं। भोलिपल्ट विहान १० बजे हामी बसेको भिल्लाबाट चेक आउट भयौं। नर्थदेन टेरिटोरी अस्ट्रेलियाको सबै भन्दा कम जनसंख्या भएको राज्य हो। त्यस्तै डार्विनको तुलनामा क्याथरिनमा पनि कम जनसंख्या छ। वाङ्गी फल्स र क्याथरिनको दुई दिने यात्रा सकेर हामी डार्विन फर्कियौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP