शनिबार , असार १३, २०८३

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पहुँच हुनेले मात्रै कैद मिनाह पाउने प्रवृत्तिको छिट्टै अन्त्य हुने बताएका छन् । आज (बिहीबार) बाँकेको नौबस्तामा नवनिर्मित क्षेत्रीय कारागार भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खल्तीबाट नाम झिकेर कैद मिनाह हुने प्रवृत्तिको अन्त्य हुने बताएका हुन् ।

कैद मिनाहका लागि पहुँच खोज्ने भन्दा पनि कैदीले आचरण सुधार्नुपर्ने उनको भनाइ छ । असल आचरण हुनेहरुका लागि कैद मिनाहका लागि कसैको पहुँच नचाहिने उनको भनाइ छ । साथै, कारागारहरु यातना गृह भन्दा पनि सुधार गृह बनुन् भन्ने कुरामा सरकार सधैं सचेत रहेको पनि उनले बताए ।

कैदीहरुलाई सम्मानजनक काम लगाउने विषयमा छलफल भइरहेको गृहमन्त्री लामिछानेले बताए । कैद सजाय भुक्तानी गरेर फर्किएकाहरुलाई समाजमा पुनःस्थापित गर्नुपर्ने विषयमा पनि सरकार सचेत रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP