शनिबार , बैसाख ६, २०८२

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पहुँच हुनेले मात्रै कैद मिनाह पाउने प्रवृत्तिको छिट्टै अन्त्य हुने बताएका छन् । आज (बिहीबार) बाँकेको नौबस्तामा नवनिर्मित क्षेत्रीय कारागार भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खल्तीबाट नाम झिकेर कैद मिनाह हुने प्रवृत्तिको अन्त्य हुने बताएका हुन् ।

कैद मिनाहका लागि पहुँच खोज्ने भन्दा पनि कैदीले आचरण सुधार्नुपर्ने उनको भनाइ छ । असल आचरण हुनेहरुका लागि कैद मिनाहका लागि कसैको पहुँच नचाहिने उनको भनाइ छ । साथै, कारागारहरु यातना गृह भन्दा पनि सुधार गृह बनुन् भन्ने कुरामा सरकार सधैं सचेत रहेको पनि उनले बताए ।

कैदीहरुलाई सम्मानजनक काम लगाउने विषयमा छलफल भइरहेको गृहमन्त्री लामिछानेले बताए । कैद सजाय भुक्तानी गरेर फर्किएकाहरुलाई समाजमा पुनःस्थापित गर्नुपर्ने विषयमा पनि सरकार सचेत रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP