मंगलबार , बैसाख २९, २०८३

काठमाडौं। नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसला विचित्रको भएको पुनः दोहोर्‍याएका छन्। सल्यानको सल्लीबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा प्रचण्डले निवदेकले दाबी नै नगरेको विषयमा फैसला सुनाएको बताए।

‘बढीमा नाम अर्को बनाएर आऊ भन्ने फैसला आउला भन्ने लागेको थियो। दुई दल बनाउने दाबी निवेदकको थिएन,’ उनले भने। यद्यपि सर्वोच्चले फैसला जस्तो गरेपनि त्यसलाई मान्दिन भन्न नपाउने उनले बताए। प्रचण्डले वाम गठनबन्धन गर्नु गल्ती थियो भन्दै प्रश्न पनि गरे। संसद विघटन गर्ने प्रतिगमनको विरुद्ध लड्दा आफूबाट गल्ती भएको हो त भन्दै उनले प्रश्न गरे।

‘तपाईं आदरणीय जनसमुदायले गहिरोगरी विचार गरिदिनुपर्‍यो के मैले वाम गठबन्ध कम्युनिस्ट पार्टी एकताबद्ध गरेर राजनीतिक स्थायित्व र विकासतिर देश लाने भनेर सपना देखेर काम गर्नु गल्ती थियो त ?,’ उनले सोधे। प्रचण्डले कम्युनिष्ट आन्दोलन र एकता अहिले पनि जरुरी रहेकोले फेरि पनि आफू त्यसका लागि लाग्ने बताए। ‘कम्युनिष्ट आन्दोलन र एकता अहिले पनि जरुरी छ,’ उनले भने, ‘हामीले गरेको एकता गल्ती गरेको होइन। त्यो सही नै हामीले गरेको हो। फेरि पनि आन्दोलनलाई एकताबद्ध गर्नैपर्छ। फेरि पनि राजनीतिक दलहरूकाबीचमा समझदारी गर्नैपर्छ।’

कम्युनिस्ट पार्टी विघटन गरेको घटना स्मरण गर्दै उनले एकताका सबै सहमति तोड्ने कार्य प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आरोप लगाए। ओलीले विदेशी शक्तिअघि आत्मसमर्पण गरेको आरोप पनि उनले लगाए। संसद् विघटन गरेर ओलीले विदेशी शक्ति समक्ष आत्मसर्पण गरेको प्रचण्डको जिकिर छ। ‘केपी ओली नामको व्यक्तिद्वार संविधान मिचिदिने, किचिदिने, जनताको विकास निर्माण र सम्द्धिको सपना किल्चिदिने र विदेशी शक्तिका सामू आत्मसमर्पण गर्ने घटना घट्यो,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP