नयाँ दिल्ली । यो वर्षको सुरुमा आएको फिल्म हनुमान निकै हिट भयो । सीमित बजेटमा बनेको यो फिल्मले विश्वभर ३५० करोड भारु कमाई गर्‍यो ।

हनुमानका निर्देशक प्रशान्त बर्माको कामलाई दर्शकदेखि क्रिटिक्ससम्म सबैले तारिफ गरेका थिए । फिल्मको भीएफएक्स पनि निकै दमदार थियो । केही दिन अघि मात्रै प्रशान्तले हनुमानको सिक्वेल जय हनुमानको सुट सुरु हुने घोषणा गरेका थिए । फिल्मबारे नयाँ खबर आएको छ ।

रणवीर सिंहको साथमा फिल्म बनाउँदै प्रशान्त बर्मा

हनुमानको समयमै प्रशान्तले भारतीय मिथकसँग जोडिएको एउटा पूरै संसार बनाउने बताएका थिए । अब पिंकविलाको एउटा समाचार अनुसार रणवीर सिंह प्रशान्त बर्माको सिनेमेटिक युनिभर्समा कदम राख्दैछन् । खबरका अनुसार यो फिल्मको शीर्षक अहिले राक्षस राखिएको छ । सूत्रका अनुसार यो फिल्म प्रशान्त बर्माको सिनेमेटिक संसारको हिस्सा हो । यसमा उनले कयौँ नयाँ सुपरहिरो ल्याउँदै छन् ।

यी सबै पात्रलाई फिल्ममा उनले एकसाथ लिएर आउने बताइएको छ । रणवीरले अहिलेसम्म कयौँ पटक प्रशान्तसँग भेटिसकेको र हनुमान जयन्तीको मौकामा फिल्मको लागि पूजा पनि भएको स्रोतको भनाइ छ । फिल्मको स्क्रिनप्ले र प्री–भिजुअलाइजेशनको प्रक्रिया पूरा भइसकेको छ । छिट्टै रणवीर र प्रशान्तले सुटको समयतालिका पनि फाइनल गर्ने बताइएको छ ।

रणवीरलाई बलिउडमा एनर्जी बम पनि भनिन्छ । सुपरहिरो प्रोजेक्टका लागि उनी उपर्युक्त मानिएको छ । अर्को एउटा फिल्ममा रणवीर भारतीय सुपरहिरो शक्तिमान बन्दैछन् । यस्तोमा अर्को फिल्ममा पनि रणवीर सुपरहिरो बन्ने भएपछि दर्शकहरुको एक्साइटमेन्ट बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP