मंगलबार , अषोज २७, २०८३

स्काईलाईन हाईयर एजुकेशन अष्ट्रेलियाले आफ्नो सेवा आरम्भको घोषणा गरेको छ । गत मार्चबाट नै विद्यार्थीहरुलाई भर्ना खोलेको कलेजले सिड्नीमा आयोजना गरिएको एक विशेष समारोहमा स्काईलाइन हाईयर एजुकेशन ९एसएचई अष्ट्रेलिया० ले आफ्नो सेवाबारे जानकारी गराएको हो । आफ्ना विद्यार्थीहरु, कर्मचारीका साथै एजुकेशन कन्सल्टेन्ट र सञ्चारकर्मीकाबीच संस्थाले उच्चशिक्षा अध्यनको सुरुवात घोषणा गरेको छ ।

कार्यक्रममा दिइएको जानकारी अनुसार एसएचई अष्ट्रेलियाले व्याचलर अफ ईन्फर्मेसन टेक्नोलोजी, व्याचलर अफ ईन्फर्मेसन टेक्नोलोजी विथ अ स्पेसलाईजेसन ईन साईबर सेक्युरिटी, व्याचलर अफ ईन्फर्मेसन टेक्नोलोजी विथ ए स्पेसलाईजेसन ईन आर्टिफिसियल ईन्टेलिजेन्सको पढाई गर्नेछ । तीन वर्षको यी कोर्षमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुसमेत पढ्न पाउनेछन् भने फेब्रुअरी, मे र सेप्टेम्बरमा ईन्टेक हुनेछ ।
एसएचई अष्ट्रेलियाको तीन सदस्यीय बोर्ड अफ डाईरेक्टरमा एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष एवं अष्ट्रेलियाको आईटी क्षेत्रमा १७ वर्ष अनुभवी महेन्द्र ओली, नील ब्रिज, प्रोफेसर क्लाईभ स्मालम्यान रहेका छन् ।

मिडियासँग कुरा गर्दै निर्देशक ओलीले अष्ट्रेलियाको शिक्षा क्षेत्रमा आउने माग अनुसार आगामी दिनमा आईटी बाहेक अन्य विषयमा पनि माष्टर्स र व्याचलरका कोर्षहरु पनि थप्दै जाने जानकारी दिए । गुणस्तरीय शिक्षा एकमात्र उद्देश्य रहेको उनको भनाई छ ।

कलेजका डीन प्रोफेसर युभेटे ब्लोन्टले अष्ट्रेलियाको आईटी क्षेत्रमा देखिएको अभावलाई सम्बोधन गर्न प्रस्तुत गरिएका कोर्षहरुले मद्दत गर्ने विश्वास व्यक्त गरिन् । उनले आईटीमै केन्द्रित भएर आफुहरु उच्चशिक्षा दिन लागिपर्ने पनि बताइन् । यी कोर्ष गरेपछि विद्यार्थीले अष्ट्रेलियाको लेबर मार्केटमा आफ्नो दह्रो उपस्थिति जनाउन सक्ने उनको विश्वास छ ।

दुई सयजनाभन्दा बढीको सहभागिता रहेको उद्घाटन समारोह न्यूसाउथवेल्स पार्लियामेन्टमा रहेको दि स्ट्रेन्जर फंक्सन रुममा भएको थियो । उक्त अवसरमा ब्राजिलियन साम्बा डान्सबाट उपस्थितलाई मनोरञ्जन गराइएको थियो। कार्यक्रममा अष्ट्रेलियाको शिक्षा सेवा प्रदायक क्षेत्रमा कार्यरत विभिन्न एजुकेशन कन्सल्टेन्सीका प्रतिनिधिको तर्फबाट एजुकेशन कन्सल्टेन्सी एलायन्स एकाका उपाध्यक्ष योगेन्द्र पौडेलले शुभकामना दिएका थिए । गुणस्तरीय शिक्षामा जोड दिने कलेजको उद्देश्यलाई पूरा गर्ने विश्वास उनले व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP