मंगलबार , अषोज २७, २०८३

नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले केपी शर्मा ओलीलाई वैधानिकता दिएपनि नआत्तिन नेता कार्यकर्तालाई आग्रह गरेका छन ।

मंगलबार आफ्नो समूह निकट वाग्मती प्रदेश कमिटीको वैठकलाई सम्बोधन गर्दै नेता नेपालले आयोगले केपी ओलीको निर्णयलाई वैधानिकता दिए नआत्तिन आग्रह गरेका हुन् । समस्या आएमा समाधान पनि निकाल्ने भन्दै उनले भने, ‘तपाईंहरु र हामी एउटै डुङ्गामा सवार भएका छौं, त्यो डुङ्गालाई सफलताका साथ वारीबाट पारी पुर्‍याइछाड्ने छौं । लक्ष्यसम्म पुगिछाड्ने छौं । आत्तिनुपर्ने केही छैन ।’

सर्वोच्चको फैसलाले एमाले पुनर्जिवित भएपछि ओलीले २८ फागुनमा आफ्नो पक्षका नेताहरुको मात्र वैठक राखेर विधान संशोधन, पदाधिकारी खारेज, माओवादीबाट आएका नेताहरुलाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेका थिए । त्यसलाई वैधानिकता नदिन माग गर्दै नेपाल समूह आयोग गएको छ ।

लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरुसँग एकतावद्ध भएर जान चाहेको र दलहरुसँग सकारात्मक कुराकानी भएको उनले बताए । ‘संयुक्त जनमोर्चासँग कुरा गर्‍यौं, उहाँहरु पनि सकारात्मक हुनुहुन्छ, नेकपा माओवादी मोहन वैद्यजीहरुको समूहसँग कुरा गर्‍यौं, उहाँहरुपनि सकारात्मक हुनुहुन्छ, अरु लोकतान्त्रिक पार्टीहरुपनि हाम्रो कुरालाई सकारात्मक रुपमा लिइरहनु भएको छ’ नेता नेपालले भने, हामी सबै सकारात्मक शक्तिहरुसँग एकतावद्ध भएर जान चाहन्छौं । हामीले कसैप्रति नकारात्मक भाव राख्नुपर्ने छैन ।’

अगाडि बढ्ने क्रममा कसैले वाधा अवरोधहरु खडा गर्‍यो भने त्यसविरुद्ध जुध्न पनि तयार रहेको नेता नेपालले बताए ।

ओली व्यक्तिवादी, आदेश र निर्देशनमा विश्वास गर्ने व्यक्ति भएको र आफूहरुलाई कारबाही गरेर वास्तविक स्वरुप देखाएको उनले बताए ।

अहिले मानिसहरुले ओलीलाई देशको हितमाथि कुठाराघात गर्नुपर्ने हो कि ? संविधान नै समाप्त पारिदिने हो कि ? संघीयता नै निलिदिने हो कि ? गणतन्त्र नै खाइदिने हो कि ? ४७ सालको संविधान व्यूँताउने हो कि ? देशलाई विभिन्न जातीय आधारमा खण्ड विखण्ड पारिदिने हो कि ? धार्मिक हिसाबले पुरै एउटा राज्य एउटा धर्मको देश बनाएर अरु धर्मका मान्छेहरुलाई अत्यन्तै असहज अवस्थामा बस्ने स्थितिमा पुर्‍याइदिने हो कि जस्ता आशंकाका साथ हेरिरहेको नेता नेपालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP