शुक्रबार , भाद्र १२, २०८३

काठमाडौँ । प्रदीप शाहीको निर्देशन रहने साईफाई–जोम्बी थ्रिलर फिल्म ‘एक्लो–१’ को फष्टलुक पोस्टर सार्वजनिक भएको छ । अभिनेता प्रदिप खड्काको मुख्य भूमिका रहेको फिल्मको पोस्टरमा पात्रको अनुहार लुकाएर स्पेस सुटमा प्रस्तुत गरिएको छ । स्पेससुटमा नेपालको झण्डा अंकित देख्न सकिन्छ । स्पेससुटमा अभिनेता प्रदीप रहेको निर्माण युनिटले जनाएको छ ।

निर्देशक शाहीले फिल्म ट्राइलोजी (तीन भाग) मा निर्माण हुने बताए । फिल्ममा प्रदीपका अलावा वेनिशा हमाल, विजय लामा, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती तथा सुनिल थापाको मुख्य अभिनय रहनेछ ।

शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहनेछ । हाल सेट डिजाइनको काम र प्री प्रोडक्सनको सुरुवात भई रहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले बताए ।

फिल्म साउनको अन्तिमबाट छायाङ्कनमा जाने तयारीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP