शुक्रबार , भाद्र १२, २०८३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूबाट गल्ती भएको भन्दै आत्मालोचना गरेका छन् ।

मंगलबार रुकुममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले दुःख कष्ट गरेका तथा नेतृत्वलाई बचाउने नेता कार्यकर्ता ओझेलमा परेको र जाली फटाहाहरुले महत्व पाएको स्वीकार गरे ।

एमाले प्रवेश गरेका नेताहरुतर्फ संकेत गर्दै उनले अघि भने, ‘मलाई गद्दार भन्ने, २०७० को चुनावमा बम हान्नेहरुलाई मैले गृहमन्त्री बनाएँ, स्थायी कमिटीमा लगें । शायद मैले गल्ती गरें ।’

‘मैले तपाईंहरुलाई नै अगाडि बढाइराख्नुपर्थ्यो, नियुक्ति, पार्टीको पदहरुमा पदोन्नति गर्नुपर्थ्यो’ उनले अघि भने, ‘ गल्ती भयो । साेझासीधा, शहीद तथा घाइतेका परिवार ओझेलमा परे जस्तो, जाली फटाहाबाट हेडक्वार्टर घेरिए जस्तो भयो ।’

यद्यपि आफूले कहिल्यै देश र जनताको हितमा दायाँबायाँ नगरेको उनले दाबी गरे । सम्बोधनका क्रममा प्रचण्डले अब जनयुद्ध र जनआन्दोलनमा इमानदारी साथ लागेका नेता कार्यकर्तालाई अगाडि बढाउने प्रतिबद्धता समेत जनाए ।

प्रचण्ड अब कमजोर भए भन्न थालेको बेला रुकुमका जनताबाट आफूले उर्जा पाएको उनले सुनाए । उनले अघि भने, ‘मसँग मेरो पार्टी छ, नेता कार्यकर्ता छन् र क्रान्तिकारी जनताको कहिल्यै नटुंगिने साथ छ । सिंहदरबारमा बसेर प्रतिगमन गर्न चाहने सरकारलाई म खबरदार भन्न चाहन्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP