शनिबार , भाद्र १३, २०८३

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली गुटमा ‘त्वम शरणम’ गर्ने व्यक्तिहरु मात्रै रहेको आरोप लगाएका छन्। एमाले बागमती प्रदेश कमिटीको बैठकमा बोल्ने क्रममा नेता नेपालले ओलीले पार्टीको सर्वाधिकार आफूमा खिचेको बताए। उनको समूहमा रहने व्यक्तिहरु ओलीको शरणमा परेको आरोप लगाए।

निर्वाचन आयोगले पार्टीको वैधानिकता कदाचित ओलीलाई दिएको अवस्थामा विचलित नहुन कार्यकर्तालाई उनले ढाडस दिए। उनले भने,‘बीच मचधारमा छाड्दैनौं। लक्ष्यमा पुर्‍याएर छाड्छौं। दृढतापूर्वक होमिएका छौं।’ नेता नेपालले ओलीले पार्टी र आन्दोलनमाथि कुठाराघात गरेको पनि बताए। उनले ओलीको कुठाराघातका कारण कम्युनिष्ट आन्दोलनबाट कार्यकर्ता भाग्ने हुन् कि भन्ने चिन्ता लागेको बताए।

नेता नेपालले पार्टी जोगाउन आफूहरूले समानान्तर कमिटी घोषणा गरेको बताए। ‘ओली व्यक्तिवादी छन्। उहाँ आदेशमा विश्वास गर्नुहुन्छ,’ उनले भने, ‘हुकुमी पाराले चलाउनुहुन्छ।’ उनले महिला संघ, युवा संघ, अखिल, खेलकुद महासंघ, उत्पीडित जातीय मुक्ति समाजलगायत जनवर्गीय संगठनको केन्द्रीय कमिटी गठन भइसकेको र जिल्ला तथा प्रदेशमा पनि कमिटी गठन जारी रहेको बताए।

उनले जिल्लाभन्दा तलका तहमा पनि कमिटी बनाउने बताए। नेपालले भने, ‘अब हामी छिट्टै अन्तरपार्टी निर्देशन जारी गर्नेछौं। जिल्ला-जिल्लामा भेला गरिनेछ। निर्वाचन क्षेत्र कमिटी, वडा/वडा, टोल/टोलमा कमिटी संगठन बनाउँछौं।’ उनलेले ७७ मध्ये ४२ जिल्लामा आफूहरू बलियो भएको बताए। यसैकारण अध्यक्षसमेत रहेका केपी शर्मा ओली आत्तिएको तर्क उनले अगाडि सारेका छन्।

‘केपी ओली आत्तिको कारण ४२ जिल्लामा माधव नेपाल पक्ष बलियो हुनु हो,’ नेता नेपालले भने, ‘अनि कसरी टिक्ने? हामी कसैलाई काखा र कसैलाई पाखा गर्दैनौं। समान भावका साथ अगाडि बढ्छौं।’ उनले आफूहरूले गाली गलौजमा विश्वास नगर्ने पनि बताए। उनले भने, ‘हामीहरु गालीगलोजमा विश्वास गर्दैनौं, सीमा नाघ्दैनौं, यो विचारको लडाइँ हो, पार्टीलाई बलियो बनाउने कि कमजोर बनाउने भन्ने लडाइँ हो।’

फागुन २३ मा सर्वोच्चले नेकपा एमाले ब्युँताइदिएपछि उक्त पार्टीभित्र गुटगट विवाद छ। अध्यक्ष ओलीले फागुन २८ मा एकलौटी हिसावले माओवादी केन्द्रका नेताहरूलाई एमाले केन्द्रीय सदस्य बनाएपछि नेपाल पक्ष असन्तुष्ट छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP