बिहिबार , चैत्र २७, २०८१

काठमाडौं: अल जजिरा टेलिभिजनलाई आतंककारी च्यानल भन्दै इजरायलले प्रतिबन्ध लगाउने भएको छ।

इजरायली संसदले सरकारलाई अस्थायी रूपमा विदेशी मिडिया बन्द गर्न अनुमति दिने एक कानून सोमबार पारित गरेको छ।

‘आतंकवादी च्यानल अल जजिराले अब इजरायलबाट प्रसारण गर्ने छैन। म च्यानलको गतिविधि रोक्नका लागि नयाँ कानून बमोजिम तुरून्तै कदम चाल्न चाहन्छु,’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सामाजिक संजाल एक्स (ट्विटर)मा लेखेका छन्।

तर कहिलेदेखि प्रतिबन्ध लगाउने भनेर उनले खुलाएनन्।

अक्टोबर ७ मा हमासको नेतृत्वमा इजरायलमा भएको आक्रमण पछि इजरायली आक्रमणमा परेर केही अल जजिराका पत्रकार मारिएका छन्। इजरायलले भने उनीहरू हमासका आतंककारी भएकाले मारिएको भन्दै आएको छ।

प्रधानमन्त्री नेतन्याहुले कुनै विदेशी मिडियाले इजरायलको राष्ट्रिय सुरक्षालाई ‘ठोस रूपमा कमजोर’ ठानेमा नयाँ कानूनले सरकारलाई अस्थायी रूपमा ती विदेशी मिडियाका कार्यालयहरू बन्द गर्न, उपकरण जफत गर्न, इजरायली केबल र स्याटेलाइट टेलिभिजन प्रदायकहरूबाट हटाउन र कुनै पनि पहुँच रोक्ने अधिकार दिन्छ।

अल जजिराले यो कानुनको भत्र्सना गर्यो

इजरायलको यो निर्णयलाई आफूलाई चुप बनाउने योजनाबद्ध श्रृंखलाको पछिल्लो कडी भन्दै अल जजिराले यो कानुनको भत्र्सना गरेको छ।

अल जजिराले नेतन्याहुको टिप्पणीलाई झुट भन्दै त्यसले आफ्ना विश्वभरिका पत्रकारको सुरक्षा खतरा उक्साउने भनेको छ। तर यसले आफ्नो ‘निडर र व्यवसायिक’ पत्रकारितालाई नरोक्ने दृढता व्यक्त गरेको छ।

मध्यपूर्वको सबैभन्दा लोकप्रिय समाचार माध्यम

अल जजिराको अरबी भाषाको च्यानल मध्यपूर्वको सबैभन्दा लोकप्रिय समाचार माध्यम हो।कतारमा आधारित अल जजिराले आफूलाई आंशिक रूपमा सरकारी लगानी भएको स्वतन्त्र संस्था भन्ने गरेको छ।

इजरायल, साउदी अरबिया, संयुक्त अरब इमिरेट्स लगायत देशले तानाशाही शासन भएको कतारले सरकारी प्रभाव फैलाउन खोलिएको संचार माध्यम भएको आरोप लगाउँछन्।इजरायलले भने यसलाई आतंककारीको मुखपत्र भन्ने आरोप लगाउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP