मंगलबार , बैसाख २९, २०८३

लिङ्ग योनीमा प्रवेशपछि वीर्य स्खलन हुने समय सामान्य नै छ, त्यसैले यसलाई रोग भनेर चिन्ता गर्नुपर्ने आवश्यकता छैन । मानव यौनप्रतिक्रिया चक्रको कुरा गर्दा महिला र पुरुषमा हुने केही भिन्नतालाई विचार गर्नुपर्ने हुन्छ । यौन उत्तेजनाको शुरुवात मानिसमा मानसिक तथा शारीरिक कारण दुवैले हुने गर्दछ । यसको लागि एकातिर यौन उत्तेजनात्मक कुरासम्बन्धी सोचाइ तथा परिकल्पना हुन्छ भने अर्कोतिर यौन संवेदनशील अङ्गहरूकै सीधा घर्षण । यौन सम्पर्कलाई शारीरिक भन्ने गरिए पनि यो मानसिक, भावनात्मक अनि शारीरिक कुराको समिश्रणबाट प्राप्त हुने कुरा हो ।Couple in Sex mood 1

प्रायजसो पुरुषको तुलनामा अधिकांश महिलालाई चरमसुखको स्थितिमा पुग्न केही बढी समय लाग्छ । कतिपय दम्पतीले यौन सम्पर्कको शुरुआत नै एकै पटक योनीमा लिङ्ग प्रवेशका साथ गर्छन् । यसो गर्नाले पुरुष तथा महिला यौनप्रतिक्रिया चक्रको विभिन्न चरणमा फरक समयमा पुग्ने हुँदा दुवैले एकै समयमा चरम यौन आनन्द पाउन गाह«ो हुन सक्छ ।

एक राम्रो प्राकक्रीडा गर्दा महिला वा पुरुषलाई राम्ररी उत्तेजित गराउन र यौनसुख राम्ररी प्राप्त गर्न मद्दत मिल्छ । सामान्यतया योनीमा लिङ्गको प्रवेश शुरु गर्नुभन्दा पहिले यौन उत्तेजना दिलाउन वा लिन गरिने विभिन्न किसिमको यौन क्रियाकलापलाई नै प्राकक्रीडा भन्ने गरिन्छ । अंग्रेजीमा यसलाई फोर प्ले भन्ने गरिन्छ । कसै–कसैले यस किसिमको यौन क्रियाकलापलाई मात्र पाकक्रीडा नभनी यौन क्रियालाई सुमधुर बनाउन गरिने पूर्व क्रियाकलाप जस्तैः दुवै जनाले मायालु वातावरणमा गर्ने भोजन वा रमाइलो पे्रमवार्तालाई पनि प्राकक्रीडा नै ठान्ने गरेको पाइन्छ ।

धेरैजसो परिस्थितिमा चुम्बन, शरीर तथा यौनांग सुम्सुम्याउने वा चलाउने इत्यादि यौन क्रियाकलाप गरेर एक–आपसको यौन उत्तेजनालाई बढाउने गरिन्छ । गहिरो चुम्बन तथा शरीरका अन्य संवेदनशील अंगको चुम्बन निकै नै सहयोगी हुन सक्छ ।

त्यसैगरी विभिन्न अंगको मालिस गर्ने पनि एक महत्वपूर्ण क्रियाकलाप हुन सक्छ । मधुरो प्रकाशमा सुगन्धित तेलको प्रयोग गरेर मालिस गर्ने वा दम्पती सँगसँगै नुहाउने वा पानीमा अर्ध डुबेर मालिस गर्न सकिन्छ । त्यसैगरी शरीर तथा यौनांगलाई सुम्सुम्याउनु वा हल्का स्पर्श गर्नु अर्को महत्वपूर्ण यौन क्रियाकलाप हो । यसो गर्दा आफ्नो यौनसाथीको कुन–कुन भाग संवेदनशील छ वा कुन–कुन अंग कसरी छोइएको मन पराउँछ भन्ने कुरा पनि थाहा पाउनुपर्छ । यी संवेदनशील अंगहरु सुम्सुम्याउने कुरा मात्र नभई चुम्बन गर्ने, चाट्ने, चुस्ने, थपथप गर्ने, चिमोट्ने, माड्ने, हल्का टोक्ने, हल्का चिथोर्नेजस्ता थुप्रै क्रियाकलाप आफ्नो रुचिअनुरुप गर्न सकिन्छ ।

यस किसिमको प्राकक्रीडाले यौन आनन्दलाई चरम विन्दुमा पु¥याउन सहयोग गर्नेमात्र नभई एक–आपसमा राम्रो सञ्चार गरी आपसी समझदारी बढाउन पनि मद्दत गर्दछ । आपसी समझदारीका कुरालाई धेरै दम्पतीले यथार्थमा बेवास्ता गर्ने भए पनि वैवाहिक जीवनको धुरीको रुपमा यसले कार्य गर्दछ । यसो गर्न सकिएमा यौन सम्पर्कलाई वास्तविक अर्थमा सम्भोग बनाउन सकिन्छ । सम्भोग अर्थात् ‘सम्भोग’ जसको अर्थ दुवै जना यौन साथीले समान रुपमा यस सुखलाई महसुस पाऊन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP