मंगलबार , बैसाख २९, २०८३

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार दैनिक एक लाख मानिस यौन प्रसारित रोगबाट प्रभावित छन् । यत्तिका संख्या बढिरहँदा पनि अझै पनि समाजमा यौन प्रसारित रोगबारे खुलेर कुरा गर्दैनन् ।

रोगलाई लुकाएर राख्छन् । यसरी लुकाउँदा रोग एकबाट अर्कोमा फैलिने मात्र होइन, लामो समयसम्म उपचार नहुँदा कैयौंले ज्यान गुमाइरहेका हुन्छन् ।

अस्पतालमा यस्ता समस्या लिएर आउनेको संख्या निकै कम हुन्छ । तीमध्ये मुस्किलले केहीले चिकित्सकसँग यौन स्वास्थ्यबारे जिज्ञासा गर्छन् । कतिपय यसरी खुलेर आफ्नो समस्या राख्न नसक्दा गलत सूचनाको सिकार हुन पुग्छन् ।

पक्कै पनि अहिले सामाजिक सञ्जाल छ, जहाँ निर्धक्क आफ्नो समस्याबारे यौन जिज्ञासा टाइप गरेर उत्तर पाइन्छ । यसो गर्दा कसैले देख्लान् वा सुन्ला न भन्ने भय रहँदैन । गोपनीयता कायम रहन्छ ।

तर सामाजिक सञ्जालको वेब साइटमा राखिएका सबै सूचना विश्वासिलो र भरपर्दो हुन्छन् भन्ने हुँदैन । जसबाट तपाईंको समस्याको संकेत यही रोगको भनेर किटान गर्न सकिंदैन । सतही अनुमान मात्र लगाउन सक्छ । र, कहिलेकाहीं सही सूचना नपाउँदा मानिसले गलत भ्रम पाल्न सक्छन् ।

यस्तै केही यौन रोगसम्बन्धी केही सामान्य भ्रमबारे चर्चा गरौं ।

१. गर्भ निरोधक चक्की सेवन गरेमा यौन प्रसारित रोग सर्दैन

यो एक किसिमको भ्रम हो । यस्ता चक्कीले यौन प्रसारित रोगविरुद्ध लड्न मद्दत गर्दैन ।

पब्लिक हेल्थ इङल्याण्डका यौन तथा प्रजनन् स्वास्थ्यका परामर्शदाता डा. स्यू मान यस भ्रमबारे प्रस्ट पार्दै भन्छिन्, ‘गर्भनिरोधक चक्कीले गर्भावस्थालाई मात्र रोकथाम गर्छ । यौन रोगबाट बच्न एउटै गर्भनिरोधक साधन मात्र प्रभावकारी हुन्छ, त्यो हो, कण्डम ।’

सीडीसीका अनुसार गर्भ रोक्ने अस्थायी साधन जस्तै, चक्की, कपरटी, तीनमहिने सुई, नरप्लान्टले एचआईभी जस्ता रोगलाई रोक्न सक्दैन । मात्र गर्भमा सन्तान बस्नबाट रोक्न सकिन्छ ।

२. ‘विद ड्र वेल मेथड’ले गर्भ रोक्न मात्र होइनयौन रोग लाग्दैन

‘विद ड्र वेल मेथड’ अर्थात् शारीरिक सम्पर्क गरेपछि वीर्य योनी बाहिर स्खलित गर्नु हो । ‘विद ड्र वेल मेथडले गर्भ बस्ने सम्भावना कम हुन्छ भन्ने कुरामा कुनै सत्यता छैन । सही समयमा यो प्रक्रिया गर्दा गर्भ बस्ने सम्भावना केही घटाउन सक्छ । तर चरम उत्कर्षमा पुग्दा योनी बाहिर स्खलित गर्ने समय ठयाक्कै नमिल्न सक्छ,’ डा. मान भन्छिन् ।

त्यति मात्र होइन, कहिलेकाहीं स्खलन हुनुअघि ‘प्रि एजाकुलेट’ हुनसक्छ । यस्तोमा कतिपय केसमा तरल पदार्थमा पनि वीर्य हुनसक्छ ।

यसैबारे भएको एक अध्ययनअनुसार समयपूर्व स्खलन भएका २७ जनाको नमुना परीक्षण गर्दा १० जनामा वीर्य पाइएको थियो । जसबाट विज्ञहरुले कसैमा ‘प्रि एजाकुलेट’ हुँदा वीर्य हुन सक्ने र कसैमा नहुने निष्कर्ष निकालेका थिए ।

जहाँसम्म यौन रोग नलाग्ने कुरा छ, यो पनि गलत बुझाइ रहेको छ । यो विधिबाट पनि यौन रोग एचआईभी, र्हप्स, साइफिल्स, गोनोरिया जस्ता रोग लाग्ने जोखिम उत्तिकै रहने डा. मान बताउँछिन् ।

यो पनि पढ्नुहोस

‘यौनको विधि र आसनबारे छलफल नै गर्दैनन् नेपाली दम्पती’

३. दोब्बर कण्डम एकै पटक लगाउँदा दोब्बर सुरक्षा

धेरैको बुझाइ के छ भने दुईवटा कण्डम एकै पटक लगाउँदा दोब्बर सुरक्षा हुन्छ । तर यो एक भ्रम मात्र हो ।

‘दुई वा दुई भन्दा बढी कण्डम लगाएर यौन सम्बन्ध कायम गर्नु झन् जोखिमपूर्ण हुनसक्छ,’ डा. म्यान भन्छिन्, ‘धेरै कण्डम प्रयोग गर्दा घर्षण हुँदा चापले कण्डम फुट्ने जोखिम बढी हुन्छ । कण्डम फुटेमा यौन रोग र गर्भ बस्ने सम्भावना अत्याधिक हुन्छ । त्यसैले एउटा मात्रै कण्डम प्रयोग गर्नु उपयुक्त हुन्छ ।’

४. शौचालयबाट पनि यौन रोगको जोखिम हुन्छ

यो सायद यौन रोग सम्बन्धित सबैभन्दा बढी फैलिएको भ्रम हो । यद्यपि, बारम्बार यो भ्रम हो भनेर खण्डन गरिए पनि यसलाई चिर्न सकिएको छैन,’ उनले भनिन् ।

यी रोग यौनाङ्ग, मुख-मैथुन र यौन खेलौना जथाभावी प्रयोगबाट एकबाट अर्कोमा सर्छ । क्लामिडिया, गोनोरिया र सिफिलिस जस्ता भाइरसको संक्रमणले हुन्छ ती भाइरस मानव शरीर बाहिर लामो समयसम्म बाँच्न सक्दैन, त्यसैले सामान्यतया शौचालय सीटहरू जस्तै सतहहरूमा छिट्टै मर्छन् । जसकारण शौचालयबाट भाइरसहरुको संक्रमण सर्न नसक्ने उनी बताउँछिन् ।

५. यौनरोगको कुनै उपचार छैन

यौनरोगको उपचार सम्भव छ । तर पूर्णरुपमा सबै रोग निको हुन्छ भन्न सकिंदैन । विश्व स्वास्थ्य संगठनका अनुसार आठवटा जीवाणुमा क्लामिडिया, गोनोरिया र सिफिलिस र ट्रिकोमोनाइसिस जस्ता चारवटा रोग उपचार पछि निको हुनसक्छ ।

बाँकी रहेको चारवटा हेपटाडटिस बी, हर्पिस, एचआईभी र एचपीभी निको हुन सक्दैन ।

६. यौनरोग यौन सम्पर्क नगरेसम्म सर्दैन

यौन सम्पर्क मात्र यौन रोगको कारक होइन । मुख मैथुन, एकअर्काको यौनाङ्ग स्पर्श गर्ने र यौन खेलौना साटासाट गर्दा पनि यौन रोग सर्न सक्ने डा. म्यान बताउँछिन् ।

यौनक्रिया बाहेक सुईको गलत प्रयोगबाट पनि सर्न सक्छ ।

७. समलिङ्गी पुरुषहरू मात्र एचआईभी संक्रमित हुन्छन्

समलिङ्गी पुरुषहरू मात्र एचआईभी सङ्क्रमित हुन्छन् भन्ने ठूलो भ्रम छ । ‘जुनसुकै जाति, उमेर, लिङ्ग जो सुकैलाई एचआईभी संक्रमण हुनसक्छ । यदि तपाईंलाई एचआईभी छ र तपाईंलाई थाहा छैन भने यौनसाथीलाई सर्ने सम्भावना बढी हुन्छ,’ डा. म्यान भन्छिन् ।

८. यौनरोगको लक्षण छ भने मात्रअरुलाई सर्न सक्छ

धेरैलाई यौनरोग भएको थाहा नहुँदा यो रोग लाग्न र फैलिन सक्छ,‘ डा. मान भन्छिन्, ‘यौनरोग लक्षण विना र लक्षणसहित फैलिन सक्छ ।’

डब्लुएचओका अनुसार धेरैजसो यौनरोगमा लक्षण देखिंदैन । र, केहीमा हल्का किसिमका लक्षण देखिन सक्छ ।

लक्षण नदेखिने हुँदा यौनरोगको परीक्षण र यौन सम्बन्ध कायम गर्दा कण्डमको अनिवार्य प्रयोग गर्नुपर्छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP