मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । ‘केजीएफ’ र ‘केजीएफ २’ अभिनेता यश अब खलनायक बन्दैछन् । रणवीर कपुर र साई पल्लवी स्टारर फिल्म ‘रामायण’मा उनी रावणको भूमिकामा देखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो फिल्मलाई दंगल, छिछोरेजस्ता हिट फिल्म बनाएका नितेश तिवारीले निर्देशन गरेका हुन् । यशले यो भूमिकाका लागि १५० करोड भारु पारिश्रमिक लिएका छन् । हिन्दी फिल्मको इतिहासमा खलनायकले लिएको यो पारिश्रमिक अहिलेसम्मकै उच्च हो ।

यश यतिबेला ‘केजीएफ ३’ को छायांकनमा व्यस्त छन् । पहिलो ‘रामायण’बाट बलिउड फिल्मको करिअर पनि थाल्दैछन् ।

यशले रणवीर सिंह, सञ्जय दत्त, कमल हसन, विजय सेतुपति, इमरान हाश्मी र सैफ अली खान जस्ता स्टारको रेकर्ड पनि तोडेका छन् ।

कमल हसन प्रभास, दीपिका पादुकोण र अमिताभ बच्चन स्टारर ‘कल्की २८९८ एडी’मा खलनायकको भूमिकामा देखिनेछन् । यो फिल्मका लागि उनले ३० करोड भारु लिएका छन् ।

यशपछि उनी सबैभन्दा धेरै कमाउने खलनायकको सूचीमा दोस्रो स्थानमा छन् । यो फिल्म ९ मे २०२४ मा रिलिज हुनेछ । साउथका अर्का चर्चित अभिनेता विजयले सन् २०२३ को ब्लकबस्टर फिल्म ‘जवान’मा खलनायक कालीको भूमिकामा निर्वाह गरेका थिए । यो भूमिकाका लागि उनले २१ करोड भारु पारिश्रमिक लिएका थिए ।

सन् २०१८ मा रिलिज भएको फिल्म ‘पद्मावत’का लागि रणवीर सिंहले खलनायकको भूमिका रोजेका थिए जसका लागि उनले १३ करोड भारु पारिश्रमिक लिएका थिए ।

सैफले सन् २०२३ मा रिलिज भएको फिल्म ‘आदिपुरुष’मा रावणको भूमिका निर्वाह गरे । यसका लागि उनले १० करोड पारिश्रमिक लिए । इमरान हासमी पछिल्लो पटक सलमान खानको ‘टाइगर ३’ मा खलनायकको भूमिकामा देखिएका थिए, जसका लागि उनलाई १० करोड पारिश्रमिक दिइएको थियो ।

फिल्म ‘एनिमल’मा बबी देओल मुख्य खलनायक बनेका थिए । फिल्ममा अबरारको भूमिकामा उनलाई निकै रुचाइएको थियो । यो भूमिकाका लागि उनलाई ४-५ करोड भारु पारिश्रमिक दिइएको थियो, जुन उनले यसअघि कुनै पनि फिल्मका लागि पाएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP