सोमबार , अषोज २६, २०८३

अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउनेलाई सरकारले कारबाही गर्ने बताएका छन् । आज (शनिबार) राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आयोजना गरेको व्यवस्थापन सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्ता प्रकारका प्रवृति सरकारलाई सह्य नहुने बताएका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरुको ऋण नतिरेर कालो सूचीमा परेकाहरुले नै अहिले अफवाह फैलाइरहेको उनको दाबी छ । उनले यस्ता प्रकारका अफवाहसँग नआत्तिनसमेत आग्रह गरे ।

आफ्नो स्वार्थ पूरा गर्न बैंकिङ प्रणालीप्रति अफवाह फैलाउने प्रवृत्ति सरकारलाई स्वीकार्य नरहेको उनको भनाइ छ । उनले नेपालको बैंकिङ प्रणाली उत्कृष्ट रहेको बताए ।

मन्त्री पुनले नेपालको बैंकिङ प्रणाली व्यवस्थित रूपमा सञ्चालनमा रहेको बताए । आपराधिक मनोवृत्तिका मानिसले भ्रम फैलाउँदैमा कोही पनि नडराउन उनले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP