मंगलबार , बैसाख २९, २०८३

बुटवल । नेपाल पत्रकार महासंघको आगामी २५ गते हुने निर्वाचनका लागि देशकारका जिल्ला शाखाहरुमा उम्मेदवारी दर्ता गरिएको छ । यसैबीच महासंघ रुपन्देही शाखामा नेतृत्वका लागि दिनेश पाण्डे र रामराज पोखरेल बीच प्रतिस्पर्धा हुने भएको छ ।

महासंघको निर्वाचन कार्यतालिका अनुसार वर्तमान महासंघ रुपन्देहीका वर्तमान उपाध्यक्ष पाण्डेले साझा प्यालबाट उम्मेदवारी दर्ता गराएका हुन् भने पोखरेलले संयुक्त लोकतान्त्रिक प्यानलबाट उम्मेदवारी दर्ता गराएका हुन् । आगामी ३ वर्षे कार्यकालका लागि पाण्डेको नेतृत्वमा उपाध्यक्षमा हेमबहादुर पछाई (दिपेश), पहिला उपाध्यक्षमा अमृता अनमोल, सचिव पदका लागि लक्ष्मण पोखरेल, सहसचिवमा केशव भण्डारी, सहसचिव (समावेश) तर्फबाट गोविन्दबहादुर घर्ती र कोषाध्यक्ष पदका लागि स्वस्तिक श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरी खुल्ला सदस्यहरुमा नरबहादर (एन.बी) कंडेल, विकास पराजुली, प्रकाश आचार्य, तुलसीराम पौडेल, मिना पाण्डे (अस्मिना) र शिव डुम्रेले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी समावशेतर्फ सोही प्यानलबाट दिनेश श्रेष्ठ, कृष्ण खनाल, राजकुमार धवल, रेनुका गिरी र रविन्द्रप्रताप गुप्ताले उम्मेदवारी दिएका छन् ।

यसैरी पोखरेल नेतृत्वका लोकतान्त्रिक प्यानलबाट उपाध्यक्ष पदका लागि विश्वाष ढकाल, महिला उपाध्यक्षका लागि सञ्जु पौडेल, सचिवमा विनोद परियार, सहसचिवका लागि विरेन्द्र कुंवर, सह सचिव (समावेशी)मा माया केसी र कोषाध्यक्ष पदका लागि सन्जय सौगातले उम्मेदवारी दिएका छन् । खुला सदस्यतर्फ शंकरप्रसाद पाण्डे, कपिल अधिकारी, मोती न्यौपाने, प्रदीप आचार्य, थानेश्वर घिमिरे, प्रकाश पाण्डेय, पुनहरि बेलबासे र मानबहादुर कुंवरले उम्मेदवारी दिएका छन् । यसैगरी समावेशी सदस्यका लागि हरिकला अधिकारी, टंक सुनार, राज चौधरी, राधेश्याम विश्वकर्मा र सलमान खानको उम्मेदवारी परेको छ ।

आगामी नेतृत्वका लागि पण्डे नेतृत्वको प्यानलमा प्रेस चौतारी नेपाल, जनपत्रकार संगठन, संघीय पत्रकार संगठन र प्रेस मञ्चको समर्थन रहेको छ भने पोखरेल नेतृत्वको प्यानलका लागि प्रेस यूनियन नेपाल, प्रेस संगठन नेपाल, प्रगतिशिल पत्रकार संघ नेपाल र क्रान्तिकारी पत्रकार महासंघको समर्थन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP