सोमबार , अषोज २६, २०८३

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले केही दिनअघि एक्सन-थ्रिलर फिल्म ‘अगस्त्य’ हेरे । दरबारमार्गको क्यूएफएक्स हलमा फिल्म हेर्न उनी पत्नी सविना काफ्लेसहित पुगेका थिए ।

फिल्म हेरिसकेपछि मेयर साहले अभिनेता नाजिर हुसेनको अभिनय र ज्यानको प्रशंसा गरे । ‘नाजिरको ज्यान गजबको बनेको रहेछ । उहाँले ज्यान बनाएर आफूलाई पात्रमा ढाल्न मिहिनेत गर्नुभएको छ,’ उनको प्रतिक्रिया थियो ।

कथाको सस्पेन्सले आफूलाई बाँधेको साहको प्रतिक्रिया छ । ‘मैले जे सोचेको थिएँ । त्यो सस्पेन्स फिल्ममा पाएँ । छायांकनले पनि मत जित्यो,’ उनले भने, ‘यसले दिने सन्देश महत्वपूर्ण छ ।’ मेयर साहले फिल्म हेरिरहेको थाहा पाएपछि नाजिर ‘केटी हराएको सूचना : मिसिङ’को छायांकनलाई रोकेरै हलमा पुगेका थिए ।

दोस्रो सातामा चलिरहेको सौरभ चौधरी निर्देशित फिल्मको प्राइम टाइम र डेको अकुपेन्सी अझै पनि सुखद छ । दोस्रो सप्ताहन्तमा यसको अकुपेन्सी ७० प्रतिशत रहेको हल सञ्चालक बताउँछन् । निर्देशक चौधरीले दुई सातामा फिल्मले तीन करोड कमाउन सक्ने दाबी गरे । तर यसको आधिकारिक हिसाब आइसकेको छैन ।

नाजिरसहित सौगात मल्ल, मलिका महत, रवीन्द्र झा, शिशिर बाङ्देल, प्रमोद अग्रहरि र बेन बस्नेतले फिल्ममा अभिनय गरेका छन् । नेपाल र भारतमा छायांकन गरिएको यो फिल्मले भारतमा बेचिने चेलीको उद्धारमा प्रहरीले चलाएको अप्रेसनको कथा प्रस्तुत गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP