मंगलबार , जेठ २१, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले केही दिनअघि एक्सन-थ्रिलर फिल्म ‘अगस्त्य’ हेरे । दरबारमार्गको क्यूएफएक्स हलमा फिल्म हेर्न उनी पत्नी सविना काफ्लेसहित पुगेका थिए ।

फिल्म हेरिसकेपछि मेयर साहले अभिनेता नाजिर हुसेनको अभिनय र ज्यानको प्रशंसा गरे । ‘नाजिरको ज्यान गजबको बनेको रहेछ । उहाँले ज्यान बनाएर आफूलाई पात्रमा ढाल्न मिहिनेत गर्नुभएको छ,’ उनको प्रतिक्रिया थियो ।

कथाको सस्पेन्सले आफूलाई बाँधेको साहको प्रतिक्रिया छ । ‘मैले जे सोचेको थिएँ । त्यो सस्पेन्स फिल्ममा पाएँ । छायांकनले पनि मत जित्यो,’ उनले भने, ‘यसले दिने सन्देश महत्वपूर्ण छ ।’ मेयर साहले फिल्म हेरिरहेको थाहा पाएपछि नाजिर ‘केटी हराएको सूचना : मिसिङ’को छायांकनलाई रोकेरै हलमा पुगेका थिए ।

दोस्रो सातामा चलिरहेको सौरभ चौधरी निर्देशित फिल्मको प्राइम टाइम र डेको अकुपेन्सी अझै पनि सुखद छ । दोस्रो सप्ताहन्तमा यसको अकुपेन्सी ७० प्रतिशत रहेको हल सञ्चालक बताउँछन् । निर्देशक चौधरीले दुई सातामा फिल्मले तीन करोड कमाउन सक्ने दाबी गरे । तर यसको आधिकारिक हिसाब आइसकेको छैन ।

नाजिरसहित सौगात मल्ल, मलिका महत, रवीन्द्र झा, शिशिर बाङ्देल, प्रमोद अग्रहरि र बेन बस्नेतले फिल्ममा अभिनय गरेका छन् । नेपाल र भारतमा छायांकन गरिएको यो फिल्मले भारतमा बेचिने चेलीको उद्धारमा प्रहरीले चलाएको अप्रेसनको कथा प्रस्तुत गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP