सोमबार , अषोज २६, २०८३

काठमाडौं, २३ चैत्र । नेकपा (एमाले) का सांसद महेश बस्नेतले केपी ओलीको अगाडि आफ्नो केही लागेन भनेर प्रचण्डले भनेको भन्दै व्यंग्यात्मक रुपमा आलोचना गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सम्बोधनको क्रममा भने–‘‘चुनाव अगाडि गठबन्धन बनाएँ, चुनाव जितेपछि एकीकरण गराएँ, सरकार बनाउँदा आधा कार्यकाल मागेँ, कार्यकारी अध्यक्ष पाएपछि भैगो भनी छाडेँ, कार्यकारी प्रयोग गरी प्रधानमन्त्री र अध्यक्षको राजीनामा मागेँ, संसद विघटन गरेर निर्वाचनको घोषणा गरेँ, लोकतन्त्र संकटमा पर्‍यो भनेर कराएँ, प्रतिगमन भयो भनेर चिच्याएँ, आन्दोलन गराएँ, मिसन मिडिया चलाएँ, वकिल नागरिक समाज उचालेँ, अदालत गुहारेँ, निर्वाचन आयोग धाएँ, माइतीघर मण्डलामा सूर्यको चिन्ह लगाए, सेटिङको हल्ला चलाएँ, संसदीय दलको नेता बनेँ, अध्यक्ष घोषणा गरेँ, ११ गतेको फैसलाले मख्ख परेँ, लड्डु खाएँ, अबिर दलेँ, कांग्रेस र जसपाको अफिस धाएँ, नागरिक समाजको डबली धाएँ, २३ गतेको फैसलापछि आफ्नो साइजमा आएँ, विश्वास मत फिर्ता लिन्छु भन्छु सक्दिनँ, अविश्वासको प्रस्ताव ल्याउँछु भन्छु सक्दिनँ, नयाँ गठनबन्धन बनाउन खोज्छु सक्दिनँ, प्रधानमन्त्री बन्नुस भन्दा कसैले टेर्दैन, अब प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्छ, नैतिकताको आधारमा राजीनामा दिनैपर्छ, लडाकु प्रकरण नउठाउने र हेग नलैजाने कोही तयार छ भने प्रधानमन्त्रीको सीट खाली छ, केपी ओलीको अगाडि मेरो केही लागेन , जसपा मानेन , कांग्रेस जागेन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP