मंगलबार , चैत्र २५, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापवति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने निश्चित भएको छ ।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफलपश्चात लामिछानेलाई गृहमन्त्री बनाउने भएको स्रोतको भनाई छ।

नयाँ सत्ता समीकरण बनेपछि लामिछानेले गृह मन्त्रालयको अडान राखेका थिए। यस अगाडि गत वर्षको पुषमा बनेको एमाले नेतृत्वको गठबन्धनबाट पनि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनेका थिए।

रास्वपा स्रोतका अनुसार गृहसहित चार मन्त्रालय लिने सहमति भएको हो।
स्रोतका अनुसार गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय रास्वपाले लिने भएको छ।

रास्वपाबाट लामिछानेसहित सुमना श्रेष्ठ मन्त्री बन्ने निश्चित रहेको बताईएको छ । युवा तथा खेलकुद मन्त्रालयमा सन्तोष परियारलाई ल्याउने चर्चा छ । रास्वपाका उपसभापति डीपी अर्यालले सोमबार नै बिना विभागीय मन्त्रीको शपथ लिएका थिए । उनले श्रम मन्त्रालयको जिम्मेवारी पाउनेछन् । file photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP