सोमबार , अषोज २६, २०८३

सोमबार बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित सत्ता गठबन्धनबीच मन्त्रालयको भागबन्डा टुंगिएको छ।

जसअनुसार नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने समझदारी बनेको छ। त्यसअनुसार आजै मन्त्रीहरू टुंगो लगाएर शपथ तयारी गरिएको बालुवाटारनिकट स्रोतले बताएको छ।

नेपाली कांग्रेससहितको तत्कालीन गठबन्धका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ फेरि मन्त्रीमा दोहोरिने पक्का भएको छ।

सोमबार बनेको नयाँ सत्ता गठबन्धनको सहमतिअनुसार नारायणकाजी गृहबाट परराष्ट्रमा सरुवा हुने निश्चित भएको छ।

उता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चाहनाअनुसार अर्थमन्त्रालयको जिम्मेवारी माओवादी उपमहासचिव वर्षमान पुनले पाउने भएका छन्।

अर्थमन्त्रालयमा एमालेले दाबी गरेको थियो । तर, कांग्रेससहितको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउन मुख्य भूमिका खेलेका उनी पमहत्वपूर्ण मन्त्रालमा जान लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP