काठमाडौं । विश्वव्यापी रूपमा डाउन भएको झन्डै ४५ मिनेटपछि मेटाका प्लेटफर्म पुरानै लयमा फर्किएका छन् । मङ्गलबार साझ एक्कासी मेटाका यी प्लेटफर्ममा समस्या देखिएको थियो ।

विशेषगरी पोस्ट नै नहुने, एडिट गर्न समस्या हुने, कमेन्ट सेक्सन लोड भइरहने र अकाउन्ट आफै लगआउट हुने जस्ता समस्या देखिएका थिए । नेपाली समय अनुसार राति १० बजेर १० मिनेट गएपछि यी प्लेटफर्म पुनः सञ्चालनमा आएका छन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रयोगकर्ताले आफूले अकाउन्ट ह्याक भएको आशंका गरी कैयौं पटक पासवर्ड रिसेट गर्दा नभएको, टु फ्याक्टर अथेन्टिकेसन कोड राख्दा पनि नमिलेको भन्दै गुनासो गरेका थिए ।

मेटाले आधिकारिक रूपमा यी प्लेटफर्म एकाएक किन डाउन भए भन्ने विषयमा कुनै जानकारी दिएको छैन । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने मेसेन्जर, इन्स्टाग्राम र थ्रेड्स पहिलेकै अवस्थामा रहेको गुनासो गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ढिलो आयो कडा आयो, डार्विनको होलि !

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

हाँस्दाहाँस्दै रुवाउने ‘महाजात्रा’ को प्रदर्शन अस्ट्रेलियाको डार्विनमा।

चल्न थाले फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र थ्रेड्स


TOP