शुक्रबार , जेठ ८, २०८३

काठमाडौं । विश्वव्यापी रूपमा डाउन भएको झन्डै ४५ मिनेटपछि मेटाका प्लेटफर्म पुरानै लयमा फर्किएका छन् । मङ्गलबार साझ एक्कासी मेटाका यी प्लेटफर्ममा समस्या देखिएको थियो ।

विशेषगरी पोस्ट नै नहुने, एडिट गर्न समस्या हुने, कमेन्ट सेक्सन लोड भइरहने र अकाउन्ट आफै लगआउट हुने जस्ता समस्या देखिएका थिए । नेपाली समय अनुसार राति १० बजेर १० मिनेट गएपछि यी प्लेटफर्म पुनः सञ्चालनमा आएका छन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रयोगकर्ताले आफूले अकाउन्ट ह्याक भएको आशंका गरी कैयौं पटक पासवर्ड रिसेट गर्दा नभएको, टु फ्याक्टर अथेन्टिकेसन कोड राख्दा पनि नमिलेको भन्दै गुनासो गरेका थिए ।

मेटाले आधिकारिक रूपमा यी प्लेटफर्म एकाएक किन डाउन भए भन्ने विषयमा कुनै जानकारी दिएको छैन । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने मेसेन्जर, इन्स्टाग्राम र थ्रेड्स पहिलेकै अवस्थामा रहेको गुनासो गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने

कामदारको तलब बढाउने अष्ट्रेलियाका प्रधानमन्त्रीको संकेत

डार्विनमा एनआरएनए एनटीद्वारा सहुलियत दरमा फर्स्ट एड तथा सिपिआर तालिम आयोजना हुने


TOP