मंगलबार , जेठ २१, २०८२

आज शुक्रबारबाट फिल्म ‘अगस्त्य’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिजको परम्परा धान्दै यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । यद्यपि, देशभरको सबै हल ‘अगस्त्य’ले भने पाएको छैन । किनभने गत साता रिलिज भएको फिल्म ‘गोर्खा वारियर’ अझै केही हलमा निरन्तर छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

फिल्मको बिहीबार साँझ ललितपुरको लाबिम मलमा अवस्थित क्यूएफएक्समा प्रिमियर गरिएको छ । प्रिमियरमा कलाकार, प्राविधिक, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी थिए । प्रिमिएरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । फिल्म कतिले राम्रो भन्दा केहीले ठिकै भनेका छन् । केही नाक खुम्च्याएको पनि देखियो । सहभागी अधिकांशले अभिनेता सौगात मल्ल र प्रमोद अधिकारीको अभिनय मात्र रुचाए ।

२ घण्टा ५० मिनेट लामो फिल्ममा एक्सले प्रमुख प्रथामिकता पाएको छ । फिल्म हेर्न पुगेका निर्देशक प्रदीप भट्टराई, नायकहरू सुशील श्रेष्ठ, आर्शीवाद क्षेत्री, कलाकार दिनेश डीसी लगायतले मनपरेको प्रतिक्रिया दिए ।

कार्यक्रममा फिल्मका कलाकार सौगात मल्ल, नाजिर हुसेन, मलिका महत लगायतको उपस्थिति थियो । यी कलाकारले फिल्मबाट दर्शकको प्रतिक्रिया राम्रो पाउने विश्वास व्यक्त गरे ।

संजय लामाको छायाङ्कन, श्री श्रेष्ठको एक्सन रहेको फिल्मको ‘च्याप्टर २’ सन् २०२६ मा रिलिज गर्ने घोषणा समेत निर्माण युनिटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP