मंगलबार , बैसाख २९, २०८३

आज शुक्रबारबाट फिल्म ‘अगस्त्य’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिजको परम्परा धान्दै यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । यद्यपि, देशभरको सबै हल ‘अगस्त्य’ले भने पाएको छैन । किनभने गत साता रिलिज भएको फिल्म ‘गोर्खा वारियर’ अझै केही हलमा निरन्तर छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

फिल्मको बिहीबार साँझ ललितपुरको लाबिम मलमा अवस्थित क्यूएफएक्समा प्रिमियर गरिएको छ । प्रिमियरमा कलाकार, प्राविधिक, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी थिए । प्रिमिएरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । फिल्म कतिले राम्रो भन्दा केहीले ठिकै भनेका छन् । केही नाक खुम्च्याएको पनि देखियो । सहभागी अधिकांशले अभिनेता सौगात मल्ल र प्रमोद अधिकारीको अभिनय मात्र रुचाए ।

२ घण्टा ५० मिनेट लामो फिल्ममा एक्सले प्रमुख प्रथामिकता पाएको छ । फिल्म हेर्न पुगेका निर्देशक प्रदीप भट्टराई, नायकहरू सुशील श्रेष्ठ, आर्शीवाद क्षेत्री, कलाकार दिनेश डीसी लगायतले मनपरेको प्रतिक्रिया दिए ।

कार्यक्रममा फिल्मका कलाकार सौगात मल्ल, नाजिर हुसेन, मलिका महत लगायतको उपस्थिति थियो । यी कलाकारले फिल्मबाट दर्शकको प्रतिक्रिया राम्रो पाउने विश्वास व्यक्त गरे ।

संजय लामाको छायाङ्कन, श्री श्रेष्ठको एक्सन रहेको फिल्मको ‘च्याप्टर २’ सन् २०२६ मा रिलिज गर्ने घोषणा समेत निर्माण युनिटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP