सोमबार , अषोज २६, २०८३

वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको उपाधि जोर्डनले जितेकाे छ । बिहीबार राति भएको खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै जोर्डनले छटाैं पटक उपाधि जितेको हो ।

निर्धारित समयमा २- २ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

आमन्त्रित टोलीको रुपमा रहेको नेपाल पहिलो सहभागितामै उपविजेता बन्याे। खेलमा सुरुवाती अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा नेपाल उपविजेतामा सिमित रह्यो । खेलको २९ औं मिनेटमा सविता राना मगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा १–० ले पछि परेको जोर्डनले दुवै गोल दोस्रो हाफमा गरेको हो । ७४औं मिनेटमा जोर्डनकी लाना फेरासले गोल गर्दै खेललाई बराबरीमा पुर्याएकी थिइन् । त्यस्तै साराह अबु साबाहले खेलको ८९ औं मिनेटमा जोर्डनका लागि दोस्रो गोल गरेकी थिइन् ।

त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा नेपालले पेनाल्टी पायो । गिता रानाले पेनाल्टीमा गोल गर्दै नेपाललाई बराबरी पुर्याइन् ।

पेनाल्टी सुटआउटमा नेपालका गीता राना, दिपा शाही, र हिरा भुजेलले गोल गरे । भने अमृता जैशीको पेनाल्टी प्रहार जोर्डनकी गोल रक्षकले बचाउँदा नेपाल पराजित हुन पुग्यो ।

यसअघि नेपालले सेमिफाइनलमा लेवनानलाई २–१ गालले हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको हो । जोर्डन प्यालेस्टाइनलाई ५–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फिफा बरियतामा नेपाल एक सय पाँचौँ स्थानमा छ भने जोर्डन ७४औँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP