सोमबार , अषोज २६, २०८३

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध स्पिनर नखेलाउने निर्णयको बचाउ गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल प्रमुख स्पिनर ललित राजवंशी बिना नै मैदान उत्रिएको थियो ।

यो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।

नामिबियालाई ११ ओभरमा ६६–३ को अवस्थामा राखेको थियो । १० औं ओभरको चौथो बलमा जान फ्रेलिंक रोहितको बलमा ५ रनमा बोल्ड भएपछि लोफ्टी ब्याटिङमा आएका थिए ।

लोफ्टीले ३३ बलमा ११ चौका र ८ छक्कासहित सबैभन्दा छिटो शतक पूरा गर्ने कीर्तिमानी आफ्नो नाममा लेखाए ।

कुशल मल्लको ३४ बलको कीर्तिमान तोड्दै उनले ३३ बलमै शतक पूरा गरे । लोफ्टीको प्रशंशा गर्दै रोहितले भने, ‘सुरुवात देखिनै हरेक सट खेलेको थियो । यसको श्रेय उसलाई दिनुपर्छ । उसले मिहिनेत पनि गर्‍यो होला । तर डेथ ओभरमा अझै राम्रो बलिङ गर्न सकिन्थ्यो ।”

नामिबियाको टिममा बायाँ हाते ब्याटर धेरै भएकाले स्पिनर नखेलाएको रोहितले प्रष्ट पारे । ‘मलाई लाग्छ उताको टोली हेर्नुहुन्छ भने धेरै लेफ्टी ब्याटर थिए । शीर्ष ६ ब्याटरमा ३-४ जना लेफ्टी हुनुन्छ । त्यसले गर्दा प्रमुख स्पिनर नखेलाउने निर्णय लिएका हौं । विकेट एकदमै राम्रो छ । टिम छनोट मलाई ठिक लाग्यो ।’

पार्टटाइम स्पिनर कप्तान आफैंले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिएका थिए । दीपेन्द्रले ४ ओभरमा ३२ र कुशल मल्लले १ ओभरमा ७ रन खर्चेका थिए ।

नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट हुँदै २० रनले पराजित भएको थियो । नामिबियाका बायाँ हाते तिव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP