काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले लघुवित्त र सहकारीमा आएका देखिएका विचलन र समस्यालाई उचालेर राजनीतिक फाइदा उठाउन खोज्नेहरुप्रति सरकार सचेत रहेको बताएका छन् ।

काठमाडौंमा आज सुरु चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा मन्त्री महतले लिएको ऋण तिर्नु पर्दैन भन्दै भ्रम फैलाउनेप्रति सचेत हुनसमेत आग्रह गरे । उनले अनावश्यक रुपमा गलत सन्देश फैलाएर राजनीतिक उद्देश्य प्राप्त गर्न खोज्ने प्रवृत्तिलाई राज्यले कारबाही गर्ने बताए ।

कार्यक्रममा सम्मेलन आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले विपन्न वर्गको आर्थिक विकासको मूल उद्देश्य बोकेको लघुवित्तलाई पुरानो अवधारणामै लैजानुपर्ने बताए । उनले लघुवित्तलाई बढी नाफा कमाउनेभन्दा विपन्न वर्गलाई सेवा दिनुपर्ने उल्लेख गरे ।

भोलिसम्म चल्ने सम्मेलनमा ७७ वटै जिल्लाका ५७ लघुवित्तका सदस्य सहभागी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

हाँस्दाहाँस्दै रुवाउने ‘महाजात्रा’ को प्रदर्शन अस्ट्रेलियाको डार्विनमा।


TOP