सोमबार , अषोज २६, २०८३

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले लघुवित्त र सहकारीमा आएका देखिएका विचलन र समस्यालाई उचालेर राजनीतिक फाइदा उठाउन खोज्नेहरुप्रति सरकार सचेत रहेको बताएका छन् ।

काठमाडौंमा आज सुरु चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा मन्त्री महतले लिएको ऋण तिर्नु पर्दैन भन्दै भ्रम फैलाउनेप्रति सचेत हुनसमेत आग्रह गरे । उनले अनावश्यक रुपमा गलत सन्देश फैलाएर राजनीतिक उद्देश्य प्राप्त गर्न खोज्ने प्रवृत्तिलाई राज्यले कारबाही गर्ने बताए ।

कार्यक्रममा सम्मेलन आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले विपन्न वर्गको आर्थिक विकासको मूल उद्देश्य बोकेको लघुवित्तलाई पुरानो अवधारणामै लैजानुपर्ने बताए । उनले लघुवित्तलाई बढी नाफा कमाउनेभन्दा विपन्न वर्गलाई सेवा दिनुपर्ने उल्लेख गरे ।

भोलिसम्म चल्ने सम्मेलनमा ७७ वटै जिल्लाका ५७ लघुवित्तका सदस्य सहभागी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP