काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईले एक वर्षयता धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु धर्मको पक्षमा आन्दोलन गर्दै आएका छन्।

प्रसाईले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’मार्फत नेपालमा हिन्दु राज्य कायम गर्नुपर्ने जोडदार आवाज समेत उठाउँर्दै आएका छन्। उनले वैदिक सनातन हिन्दु धर्म नेपालको पहिचान भएका कारण धर्मनिरपेक्षले देशमा अराजकता फैलाएको पनि सार्वजनिक कार्यक्रममा भाषण गर्दै आएका छन्।

शुक्रबार केन्द्रीय कार्यसमितिको बैठकमा नेपाली कांग्रेसका २२ नेताले पार्टी हिन्दुराष्ट्रको पक्षमा उभिनुपर्ने भन्दै पूरक प्रस्ताव दर्ता गराएका छन्। कांग्रेसको उक्त प्रस्तावपछि कांग्रेसपनि वैदिक सनातन हिन्दु धर्मको पक्षमा आउने देखिएको छ।

शुक्रबार कांग्रेसले उठाएको वैदिक सनातन हिन्दु धमको पक्षमा प्रसाईले एक किसिमको माहोल बनाइसकेका छन्। भने उनको माहोल देखेर कांग्रेस पनि वैदिक सनातन हिन्दु धर्मको पक्षमा उभिन थालेको राजनीतिकविज्ञहरुको बुझाइ छ। कांग्रेस मात्र होइन, एमाले पनि पछिल्लो समयमा वैदिक सनातन हिन्दु धर्मको पक्षमा आन्तरिक छलफलमा छ।

प्रसाईले मंसिर ७ गते हिन्दुराज्यका पक्षमा गरेको शक्ति प्रदर्शनपछि एमालेले पनि वैदिक सनातन हिन्दु धर्मको पक्षमा छलफल थालेको हो। प्रसाईले उठाएको वैदिक सनातन हिन्दु धर्मको पक्षमा कांग्रेसपछि एमालेपनि उभिने पाइएको छ।

प्रसाईले नेपालमा हिन्दुराज्य कार्यम गर्नुपर्ने मुख्य माग राखेर राष्ट्रवादी आन्दोलन गरिरहेका छन्। प्रसाईले यही फागुन १ पनि हिन्दुराज्यको पक्षमा आवाज उठाउँदै कार्यक्रम गरेका थिए। उनको कार्यक्रममा ७० हजारभन्दा बढी हिन्दुराज्यको पक्षमा जनता भेला भएका थिए। मंसिर ७ गतेको शक्ति प्रदर्शनमा पनि ६० हजार जनता कार्यक्रममा सहभागी भएको प्रहरीले जनाएको छ।

गत मंसिर ११ मा नवलपुर कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र कुनै पनि हालतमा फर्किँदैन तर धर्मनिरपेक्षताका सवालमा भने पार्टीमा छलफल गर्नुपर्ने बताएका थिए।

दुर्गा प्रसाईँको काठमाडौँकेन्द्रित प्रदर्शनमा देखिएको जनसहभागिताबाट अत्तालिएको मनोविज्ञानको प्रकटीकरण कांग्रेस सभापति देउवा आएको देखिन्छ। देशलाई हिन्दु राज्यतर्फ डो¥याउन बाटो खुला गर्ने प्रष्ट संकेत प्रसाईको प्रदर्शनबाट कांग्रेसले पाएको हो। कांग्रेस मात्र होइन, एमालेपनि प्रसाईको शक्रि प्रदर्शनको समिक्षामा गरेर हिन्दुराज्यको एजेन्डा उठाउने पक्षमा छ।

राप्रपाले २०६२ सालबाट हिन्दुराज्यको माग गर्दै आएपनि प्रसाईको शक्ति प्रदर्शनबाट राजनीनिक दल डराएको विषय कांग्रेसले हिन्दुराज्यका आवाज उठाउनुबाट प्रष्ट हुन्छ।

२०६२÷६३ को आन्दोलनमा कसैले धर्मनिरपेक्षको माग गरेका थिएनन्। त्यतिबेला केही स्वार्थले नेपालमा धर्मनिरपेक्षता ल्याइएको प्रसाईको आरोप छ। जनतालाई झुक्याएर ल्याएको धर्मनिरपेक्षता अहिले आवश्यक छैन भनेर आफुले आवाज उठाउँदा नेकपा एमालेलागतका पार्टी आफुमाथि खनिएको प्रसाई बताउँछन्।

धर्मनिरपेक्ष शब्द कसरी अन्तरिम संविधानमा समावेश भयो भन्नेमा अधिकांश नेताहरु स्वयम् अनभिज्ञ रहेको उनले बताए। ‘धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु धर्मको पक्षमा कांग्रेस पनि उभिन थालेछ। मैले एक वर्षअघि नै यो विषय उठाएको थियो। अहिले कांग्रेस मेरै एजेन्डामा उभिनु राम्रो हो।’
मैले हिन्दुराज्यका लागि आवाज उठाएर आन्दोलन थालेपछि राजनीतिक दलपनि यही बाटोमा आउनु राम्रो भएको उनको भनाइ छ।

प्रसाईँले हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखेर एक वर्षयता आन्दोलन गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

हाँस्दाहाँस्दै रुवाउने ‘महाजात्रा’ को प्रदर्शन अस्ट्रेलियाको डार्विनमा।


TOP