सोमबार , अषोज २६, २०८३

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीको हत्या भएको ठोकुवा गरेका छन् । आज (शुक्रबार) समाजवाद अध्ययन तथा अनुसन्धान केन्द्र नेपालले आयोजना गरेको ‘समाजवादः अबको बाटो’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले मदन भण्डारी र जीवराज आश्रितको हत्या नै भएको दाबी गरेका हुन् ।

उनले जनताको बहुदलीय जनवाद पुँजीवादी व्यवस्था नै भएको बताए । उनले जबजको व्याख्या विश्लेषण हुन नपाउँदै तत्कालीन महासचिव भण्डारीको निर्ममतापूर्वक हत्या गरिएको दाबी गरेका हुन् ।

‘जहाँबाट जसले ब्याख्या गरेपनि बहुदलीय जनवाद भनेको पु्ँजीवादी व्यवस्था नै हो । पाँचौं महाधिवेशनमा कमरेड मदन कुमार भण्डारीले बहुदलीय जनवादलाई जनता अगाडि थपेर ‘जनताको बहुदलीय जनवाद भनेर अगाडि सार्नु भएको हो । त्यो जनवादी क्रान्तिको कार्यक्रम हो । तर, त्यसको व्याख्या विश्लेषण सबै गर्ने नपाउँदै मदन भण्डारीको निर्ममतापूर्वक र षड्यन्त्रपूर्वक हत्या गरियो । त्यो हन्ड्रेड पर्सेन्ट हत्या हो । हत्यारालाई हामीले पत्या लगाउन सकेनौं,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP