शनिबार , जेठ ११, २०८२

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीको हत्या भएको ठोकुवा गरेका छन् । आज (शुक्रबार) समाजवाद अध्ययन तथा अनुसन्धान केन्द्र नेपालले आयोजना गरेको ‘समाजवादः अबको बाटो’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले मदन भण्डारी र जीवराज आश्रितको हत्या नै भएको दाबी गरेका हुन् ।

उनले जनताको बहुदलीय जनवाद पुँजीवादी व्यवस्था नै भएको बताए । उनले जबजको व्याख्या विश्लेषण हुन नपाउँदै तत्कालीन महासचिव भण्डारीको निर्ममतापूर्वक हत्या गरिएको दाबी गरेका हुन् ।

‘जहाँबाट जसले ब्याख्या गरेपनि बहुदलीय जनवाद भनेको पु्ँजीवादी व्यवस्था नै हो । पाँचौं महाधिवेशनमा कमरेड मदन कुमार भण्डारीले बहुदलीय जनवादलाई जनता अगाडि थपेर ‘जनताको बहुदलीय जनवाद भनेर अगाडि सार्नु भएको हो । त्यो जनवादी क्रान्तिको कार्यक्रम हो । तर, त्यसको व्याख्या विश्लेषण सबै गर्ने नपाउँदै मदन भण्डारीको निर्ममतापूर्वक र षड्यन्त्रपूर्वक हत्या गरियो । त्यो हन्ड्रेड पर्सेन्ट हत्या हो । हत्यारालाई हामीले पत्या लगाउन सकेनौं,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP