नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्जहरूले पार्टीले चलाएको अभियानका कारण माओवादीप्रतिको आकर्षण बढेको दाबी गरेका छन् ।

‘जनतासँग माओवादी अभियान’को समीक्षा प्रतिवेदन पेश गर्दै इन्चार्जहरूले माओवादीमा फेरि एकप्रकारको नयाँ लहर शुरू भएको बताए । ​​

आइतवारबाट काठमाडौंमा शुरू केन्द्रीय कमिटी बैठकको शुरूमा रिपोर्टङ गर्दै इन्चार्जहरूले जनतासँगको अन्तरक्रियाले माओवादी आगामी चुनावमा पहिलो दल बन्ने आधार तयार गरेको बताएका हुन् ।

उपत्यका विशेष कमिटीका इन्चार्ज वर्षमान पुनले आगामी चुनावमा माओवादीलाई पहिलो दलको रुपमा स्थापित गर्ने सम्भावना रहेको बताए ।

‘पार्टीले चलाएको अभियानले नयाँ उत्साह दिएको छ, विचार, संगठन र विधि प्रक्रियामार्फत महाधिवेशनमा जाँदा आगामी चुनावमा माओवादीलाई एक नम्बर बनाउने आधार छन्’, पुनले भने ।

कर्णाली प्रदेशका इन्चार्ज मात्रिका यादवले कर्णालीमा पार्टी सशक्त रहेको बताएका थिए । ‘कर्णालीमा काम गर्दा मलाई पनि नयाँ अनुभव भयो, पार्टी सशक्त छ, बाहिर प्रचार गरेजस्तो कमजोर भएको छैन’, यादवले भने ।

लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले पार्टी छाडेर जाने क्रम रोकिएर प्रवेशको लहर चलिरहेको दाबी गरे । ‘बाहिर प्रचार गरिएजस्तो माओवादी कमजोर भएको छैन, बरु पार्टी प्रवेशको लहर बढिरहेको छ’, शाक्यको भनाइ उद्धृत गर्दै लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बरालले भने ।

केही इन्चार्जहरूले भने पार्टीको नेतृत्वमा सरकार भए पनि कार्यकर्ता पंक्ति र जनतामा उत्साह नभएको टिप्पणी गरेका थिए ।

विधान सम्मेलनको तयारी स्वरूप माओवादीले केन्द्रीय समिति बैठक राखेको हो । इन्चार्जहरूको ब्रिफिङ पछिमात्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

हाँस्दाहाँस्दै रुवाउने ‘महाजात्रा’ को प्रदर्शन अस्ट्रेलियाको डार्विनमा।


TOP