सोमबार , अषोज २६, २०८३

काठमाडौं- गायन रियालिटी शो ‘इण्डियन आइडल १४’मा सहभागी भएकी गायिका मेनुका पौडेलले बलिउड अभिनेता सञ्जय मिश्राको अभिनय रहने फिल्म ‘कर्मा मिट्स किस्मत’मा गाउने भएकी छन् ।

लेखक तथा निर्देशक गीताञ्जली सिन्हाको निर्देशन रहेको फिल्ममा फरीदा जलाल, अलका अमीन, वैष्णवी मेकडोनाल्ड, अम्मान खान र नुपुर शर्माको पनि अभिनय छ ।

फिल्ममा सोनू निगम र साधना सरगमको पनि स्वर रहनेछ । भारतीय समाचार एजेन्सी आइएनएएसले आफ्नो समाचारमा लेखेको छ ।

‘म त्यो माया र आशीर्वादबाट धेरै प्रभावित छु, जसले मेरा लागि यो सुन्दर बाटो प्रशस्त गरेको छ । यो फिल्मको हिस्सा बन्नु एउटा ठूलो आशीर्वाद हो । यो कथामा मलाई गहिराईबाट प्रेरित गरेको छ । यो रोमान्टिक सूफी गीत एक उत्कृष्ट कृति हो, जुन सिधा हृदयमा उत्रन्छ र मलाई यसको शुद्धतम रुपले प्रेमको सम्झना गराउँछ’, मेनुकाले भनेकी छन् ।

‘अरन सर र लेखक–निर्देशक गीताञ्जली दिदीसँग काम गर्नु एक अभूतपूर्व सिक्ने अनुभव थियो । रेकर्डिङ समयको दौरान ममा जोश थियो, जसकारण म बिना कुनै हिचकिचाहट हृदयबाट गाउन पाएँ । म पूर्ण रुपले शुद्ध, बिना शर्त प्रेको भावनामा डुबेको थिएँ’, उनले अगाडि भनेकी छन् ।

लेखक तथा निर्देशक गीताञ्जलीले गायनमा मेनुकालाई लिनुपर्ने कारण बताएकी छन् ।

‘मेनुकाको स्वरमा इमान्दारिता र पवित्रता छ । जसले मलाई चुम्बकको जस्तै उनीतर्फ तान्यो । यो गीतमा सोझो र अटुट दृढ विश्वासको माग थियो, जुन मेनुकाको प्राकृतिक गायन शैलीसँग मेल खान्छ’, उनले भनेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP