शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । दैलेखमा भएको सवारी दुर्घटनामा घाइते भएका नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको काठमाडौँस्थित ट्रमा सेन्टरमा स्वास्थ्य परीक्षण गरिएको छ ।

सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा पोखरेल सवार गाडी शनिबार सडकमा पल्टिँएको थियो । दुर्घटनामा घाइते भएका महासचिव पोखरेलमा थप समस्या भए नभएबारे आइतबार काठमाडौंमा थप परीक्षण गरिएको एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

“आज ट्रमा सेन्टरमा गइ उहाँको स्वास्थ्य जाँच गर्दा सामान्य चोटपटक मात्रै देखिएको छ”, अधिकारीले भने, “उहाँको तिघ्रा र हातमा समान्य चोट लागेको छ । भिडियो एक्सरे गरेर हेर्दा कुनै त्यस्ता खतरा छैन ।”

महासचिव पोखरेल आइतबार नै सुर्खेतबाट काठमाडौँ आएका हुन् । जिल्ला अधिवेशन उद्घाटन गर्न दैलेख जान लाग्दा दैलेखको डुङेश्वर गाउँपालिका–१ चुप्रा नजिकै उहाँ सवार गाडी सडकमा पल्टेको थियो । गाडीमा एमाले महासचिव पोखरेलसहित केन्द्रीय सदस्य दीपा शर्मा, कर्णाली प्रदेश कमिटी सचिव ध्रुव शाही पनि सवार थिए ।

गाडीमा रहेका कर्णाली प्रदेशका उपसचिव पद्मा खड्काको भने हातमा चोट लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP