शनिबार , असार १३, २०८३

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारले रुसी सेनामा भर्ती भएका नेपालीहरु फर्काउनका लागि रुससँग कुटनैतिक पहल र संवाद गर्नसक्ने क्षमता देखाउन नसकेको बताउनुभएको छ ।

आइतवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले सरकारले हालसम्म नेपालस्थित रुसी राजदुतलाई बोलाएर संवाद गर्नु बाहेकको पहल गर्न सकेको छ की, छैन ? भन्दै प्रश्न गर्नुभयो ।

महामन्त्री शर्माले रुसी सेनामा भर्ती भएका नेपालीको यकिन तथ्यांक सरकारसँग नरहेको बताउँदै नागरिकलाई सरकार छ भन्ने महशुस गराउन सरकारले रसियामा गएर सैनिक भइ बसेका नेपालीको उद्धार गर्ने कुरामा गम्भीरतापूर्वक लिनुपर्ने बताउनु भयो ।

उहाँले ६ फेब्रुअरीको साँझ एयर अरबियाको जहाजबाट नेपाल आउन लागेका सुरेन तामाङ, सजन लोप्चन तामाङ र मदन कुमाललाई मस्कोस्थित विमानस्थलबाट पक्राउ गरी रुसी सेनाको कब्जामा रहेको विषयमा सरकार जानकार छ की छैन भन्दै प्रश्न गर्नुभएको थियो । महामन्त्री शर्माले रुसी सेनामा भर्ती भएकाहरुको उद्धार गर्न सरकारको पहल नपुगेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP