सोमबार , अषोज २६, २०८३

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलस्थित ओचुहाइटमा शनिवार रविना महर्जन घरको तेस्रो तलाबाट हाम फालिन् । प्रहरीले उनको उद्धार गरेर घरभित्र जाँदा दुई जना बच्चाबच्ची पनि अचेत अवस्थामा भेटिए । तीनै जनालाई ग्वार्कोस्थित किष्ट अस्पताल लगिएपनि चिकित्सकहरूले मृत घोषणा गरे ।

रविनाले हाम फालेर आत्महत्याको बाटो रोजेको घर उनको आफ्नै हो । ३६ वर्षीया रविनाले दुई जना नाबालकको हत्या गरेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनका ६ वर्षीय छोरा अश्वेत र दुई वर्षीया छोरी रिवा छुट्टाछुट्टै कोठामा अचेत अवस्थामा भेटिएका हुन् ।

रविनाले बच्चाहरूको हत्या गरेर आत्महत्या रोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी (एसपी) नवराज कार्कीले रातोपाटीलाई बताए । कार्कीले भने, ‘हत्यापछि आत्महत्या गरेको हुनसक्छ तर, पोस्टमार्टम रिपोर्ट आएपछि यकिन कारण थाहा हुन्छ ।’

आमा र छोराछोरीको शव पाटन अस्पतालमा पोस्टमार्टम हुँदै छ । पोस्टमार्टममा संलग्न चिकित्सकहरूले अनुसन्धान अधिकृतहरूलाई ‘श्वास बन्द भएर’ दुई नाबालकको मृत्यु भएको जानकारी दिएका छन् । तर, पूर्ण रिपोर्ट आएको छैन ।

नाबालकहरूको मुखमा केही खाएको जस्तोपनि देखिएको छ । त्यसबारे पोस्टमार्टम रिपोर्ट कुरिरहेको एसपी कार्कीले बताए । घटना हुँदा घरमा रविनाको सासू मात्रै थिइन् । उनी शारीरिक रूपमा अशक्त छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP