सोमबार , अषोज २६, २०८३

नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान पारस खड्का सन्न्यासपछि पुन मैदान फर्किने भएका छन् ।

पारसले २०१४ को टी-२० विश्वकप टोलीको नेतृत्व गर्दै मैदान फर्किने भएका छन् । रुपन्देहीको तिलोत्तमामा निर्माणधीन एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन फागुन १४ हुँदा पारसले मैत्रीपूर्ण खेलमा टी-२० विश्वकप २०१४ टोलीको नेतृत्व गर्दै खेल्ने भएका छन् ।

टी-१० शैलीमा हुने खेलमा नेपालले सन् १९९६ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दाको टोली, २०१४ को टी-२० विश्वकप खेलेका खेलाडी, रेष्ट अफ नेपाल र रुपन्देही लेजेन्ड्सको गरि चार टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

‘पारस खड्काले क्रिकेट छाडेपछि कहिले क्रिकेट खेल्छ भनेर सबै जनाको जिज्ञासा थियो । क्रिकेटको मैदान फर्किने मौका पनि पाएको छु । शक्ति गौचनले जुन म्याच आयोजना गर्दै हुनुन्छ त्यसको लागि धन्यावाद,’ पारसले कार्यक्रममा भने ।

पारसले तीन वर्षअघि नेपाली क्रिकेटबाट सन्न्यास लिएका थिए । सन्न्यासपछि पारसले स्वदेशमा कुनै पनि क्रिकेट खेलेका छैनन् ।

नेपाल क्रिकेट संघ(क्यान) का सचिव पारसले गत मार्चमा दोहामा गएर पारसले लेजेन्डेस् क्रिकेट लिग क्रिकेट मास्टर्स एसिया लायन्सबाट खेलेका थिए ।

अष्ट्रेलियामा वसोबास गर्दै आएका विनोद कुँवरको लगानीमा निर्माण सुरु भएको ९ महिनामै मैदानको उद्घाटन भएको हो । आयोजकले शुक्रबार एक पत्रकार सम्मेलन गरेर मैदानबारे जानकारी गरएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP