मंगलबार , बैसाख २९, २०८३

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की यतिबेला आफ्नो अभिव्यक्तिका कारण चर्चा र विवादमा छन् । केही दिनअघि मोरङको एक विद्यालयमा आयोजित कार्यक्रमका क्रममा दिएको अभिव्यक्तिबारे उनको चर्चा र आलोचना दुवै बढ्दो छ ।

मुख्यमन्त्री कार्कीले मोरङको सुन्दरहरैँचा नगरपालिका–६ दुलारीस्थित साजिलाल माध्यमिक विद्यालयको ५८औँ वार्षिकोत्सव समारोहमा उनले फर्स्ट बेन्चमा बस्ने साथी निजामती कर्मचारीको खरिदार हुँदा लास्ट बेन्चमा बस्ने आफू मुख्यमन्त्री भएको अभिव्यक्ति दिएका थिए ।

‘फर्स्ट बेन्चमा बस्ने ऊ खरदार भयो । म लास्ट बेन्चमा बस्ने मुख्यमन्त्री भएँ । कक्षा कोठामा लिने ज्ञान विविध हुन्छन् । ज्ञानको मापन केवल प्रमाणपत्रमा मात्रै हुँदैन। प्रमाणपत्रको अंकले ज्ञानको मापन हुँदैन। म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ। फर्स्ट बेन्चमा बस्नेले केबल लेख्न, पढ्नमात्रै जान्यो । ऊ अहिले खरिदार छ, म अहिले मुख्यमन्त्री छु,’ उनले भनेका थिए, ‘उसले कसरी हुन्छ भुँडी भर्नमात्रै जान्यो।’

मुख्यमन्त्री कार्कीको अभिव्यक्तिलाई लिएर नेपाल निजामती कर्मचारी संगठन मोरङले आपत्ति जनाएको थियो । कर्मचारी संगठनले मुख्यमन्त्री कार्कीको अभिव्यक्तिले सिंगो राष्ट्रसेवक क्षेत्रलाई दुःखित बनाएको बताएको थियो । कर्मचारी संगठनले मुख्यमन्त्री कार्कीको भाषणलाई उन्मादपूर्ण र निच भनेर टिप्पणीसमेत गरेको थियो ।

आलोचना बढ्दै जाँदा मुख्यमन्त्री कार्की प्रष्टीकरण दिँदै हिड्ने अवस्थामा पुगेका छन् । शुक्रबार बिहान मुख्यमन्त्री कार्कीले उक्त अभिव्यक्ति कुनै कर्मचारीलाई नभएर आफ्नो साथीलाई भनेको बताएका थिए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कर्मचारीप्रति आफूले कहिल्यै पनि विभेद नगरेको बताए । उनले चीनमा सम्पन्न भएको १९औं एशियाली खेलकुदमा सबैभन्दा छिटो अर्धसतक पूरा गरेर दुर्लभ विश्व किर्तिमानी कायम गरेका दीपेन्द्र ऐरीले कक्षा कोठाबाट रेकर्ड ब्रेक गरेको हो कि चौरीबाट ? भनेर प्रश्न गरेका थिए ।

कार्कीको उक्त प्रश्नले पनि पुन आलोचना भईरहँदा शुक्रबार दिउँसो भने उनले केही संयमित भएर आफ्नो भनाईको बचाउन गरेका छन् । विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले ज्ञानको मापन अक्षरमा नभइ खोज र अनुसन्धानका आधारमा हुनुपर्ने बताएका छन् ।

“फस्ट बेन्चर र लास्ट बेन्चरको ज्ञान र क्षमताको मापन अक्षरबाट हुँदैन र गर्न पनि मिल्दैन,” उनले भने, “अल्बर्ट आइन्स्टाइन लगायतका व्यक्तिहरू किताबी ज्ञानले नभइ प्रकृतिबाट प्राप्त शिक्षाले वैज्ञानिक भएको बुझ्नु आवश्यक छ तर अहिलेका अभिभावकहरू पनि आफ्ना बालबालिकाको शिक्षा र ज्ञानको मापन नम्बरमा नै खोजिरहेका छन् ।”

विद्यालयको एउटै छानामुनि दुई खाले विभेदकारी शिक्षा दिन मिल्छ भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरेका थिए । “त्यही गरिब विद्यार्थीले विभेदकारी शिक्षाविरूद्ध विद्रोह गर्यो भने के गर्ने रु”, उनले भने, “त्यसैले समान शिक्षा र ज्ञानका लागि शिक्षा प्रणाली नसुध्रुञ्जेल अभियान जारी राख्छु ।” file photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP