सोमबार , अषोज २६, २०८३

बागमती प्रदेश सरकारले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आवश्यक बजेटको स्रोत सुनिश्चितता गरेको छ । प्रदेश सरकारको मंगलबार बिहान बसेको बैठकले रङ्गशाला निर्माणका लागि भरतपुर महानगरसँगको सम्झौता अनुसारको स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले पेश गरेको ७५ करोड रुपैयाँको लागत अनुमानको ७० प्रतिशत बेहोर्न सम्झौता अनुसार स्रोत सुनिश्चितता गरिएका हो । महानगरपालिकासँगको सम्झौता अनुसार प्रदेश सरकारले रंगशालाका लागि ५२ करोड ५० लाख रुपैयाँको स्रोत सुनिश्चितता गरेको मुख्यमन्त्री जम्कट्टेलले बताउनु भयो । गत कात्तिक २१ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा उक्त रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले तयार गरेको ७५ करोड रुपैयाँको लागत अनुमानमा प्रदेश सरकारले ७० र महानगरपालिकाले ३० प्रतिशत रकम बेहोर्ने सम्झौता भएको थियो । महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्ताव अनुसार १० हजार दर्शक अट्ने प्याराफिट सहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको छ । बैठकले भरतपुर महानगरपालिकालाई रङ्गशालाको निर्माण कार्यको लागि ठेक्का प्रक्रिया अघि बढाउन आग्रह समेत गरेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगले माग गरे अनुसार संघीय समपूरक र विशेष अनुदानको लागि योजना सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले समपूरक र विशेष अनुदानका लागि १०/१० वटा योजना सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले अघिल्लो आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न भएर भुक्तानी हुन बाँकी रहेका योजनाहरूको भुक्तानी दिने निर्णय गरेको छ । मुख्यमन्त्री जम्कट्टेलका अनुसार अहिले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका योजनाहरूको भुक्तानी दिने निर्णय भएको हो । केही प्रक्रियाहरू पुरा गर्नु परेको कारण निर्माण कार्यको भुक्तानी गर्न ढिलाइ भएको र हाल सो बापतको रकम भुक्तानी दिने काम अघि बढाइएको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP