शुक्रबार , भाद्र १२, २०८३

काठमाडौँ । एक चौथाइ सदस्यले राष्ट्रियसभा अधिवेशनका लागि अनुरोध गर्न सक्ने भएका छन् ।

सोमबार संसद् सचिवालयले राष्ट्रियसभा नियमावलीको संशोधन मस्यौदा समितिको प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष, उपाध्यक्ष र समिति सभापतिको पद रिक्त भएको १५ दिनभित्र निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेको छ ।

यस्तै संसद् सचिवालयमा कुनै सूचना दिनुपर्दा विद्युतीय माध्यमबाट पनि दिन सकिने छ । यस्तै प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम रहने पनि व्यवस्था गरिएको छ । यस्तै महिनाको दुई वटा बैठकमा संघीयता अर्थात् प्रदेश र स्थानीय तहका विषयमा छलफल केन्द्रित गर्ने प्रस्ताव छ । प्रादेशिक सरोकार समय शीर्षकमा सभाको निर्वाचक मण्डलका रूपमा रहने प्रदेश र स्थानीय तहका सरोकारको विषयमा ध्यानाकर्षण गराउन सभाको बैठक बसेको हरेक महिनाको पहिलो र तेस्रो शुक्रवार प्रादेशिक सरोकार समय रहनेछ’ भन्ने नयाँ व्यवस्था प्रस्ताव गरिएको छ ।

https://drive.google.com/file/d/1Dhj-qqpxmjBweBD0I7TOrx-s5nzvsPB1/view

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP