सोमबार , चैत्र २४, २०८१

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा खानेपानीमन्त्री महिन्द्र राय यादवले नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनपछि नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रको एकता प्रक्रिया अगाडी बढ्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री यादवले माओवादी केन्द्रको आगामी विधान अधिवेशनपछि नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रका बिचमा एकता प्रक्रिया अगाडि बढ्ने बताएका हुन् । उनले नेसपा र माओवादी केन्द्रबिच एकता भएर एकता महाधिवेशनको प्रक्रिया अगाडि बढ्ने बताए । उनले नेसपाको सर्वसम्मत निर्णय नै माओवादीसँग एकताका लागि वार्ता, संवाद गर्ने भएको भन्दै सो निर्णय अनुरुप काम भइरहेको बताए । उनले पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै अर्का अध्यक्ष डा. बाबुराम भट्टराई पनि एकताको लागि तयार रहेको बताए । उनले माओवादी केन्द्रको विधान अधिवेशनपछि संयोजन समितिको बैठक बसेर सबैकुरा टुंग्याउने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP