सोमबार , अषोज २६, २०८३

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा खानेपानीमन्त्री महिन्द्र राय यादवले नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनपछि नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रको एकता प्रक्रिया अगाडी बढ्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री यादवले माओवादी केन्द्रको आगामी विधान अधिवेशनपछि नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रका बिचमा एकता प्रक्रिया अगाडि बढ्ने बताएका हुन् । उनले नेसपा र माओवादी केन्द्रबिच एकता भएर एकता महाधिवेशनको प्रक्रिया अगाडि बढ्ने बताए । उनले नेसपाको सर्वसम्मत निर्णय नै माओवादीसँग एकताका लागि वार्ता, संवाद गर्ने भएको भन्दै सो निर्णय अनुरुप काम भइरहेको बताए । उनले पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै अर्का अध्यक्ष डा. बाबुराम भट्टराई पनि एकताको लागि तयार रहेको बताए । उनले माओवादी केन्द्रको विधान अधिवेशनपछि संयोजन समितिको बैठक बसेर सबैकुरा टुंग्याउने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP