
काठमाडौं : बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई थप तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। गत विहीबार पक्राउ परेका चौधरीलाई यसअघि चार दिन हिरासतमा राख्न अनुमति दिइएको थियो।
केन्द्रीय अनुसन्धान व्युरोले चौधरीसहित कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो। काठमाडौं जिल्ला अदालतले थापा ठाकुरलाई पनि तीन दिनको म्याद थप गरेको छ।
बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले समय अपुग भएपछि म्याद थप गरिएको व्युरोका प्रवक्ता नवराज अधिकारीले बताए।