शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं : बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई थप तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। गत विहीबार पक्राउ परेका चौधरीलाई यसअघि चार दिन हिरासतमा राख्न अनुमति दिइएको थियो।

केन्द्रीय अनुसन्धान व्युरोले चौधरीसहित कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो। काठमाडौं जिल्ला अदालतले थापा ठाकुरलाई पनि तीन दिनको म्याद थप गरेको छ।

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले समय अपुग भएपछि म्याद थप गरिएको व्युरोका प्रवक्ता नवराज अधिकारीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP